आस्था /आध्यात्म

निन्दा कसैको नगरौं, प्रशंसा सबैको गरौं– नर बहादुर रावल (अध्यक्ष, स.नि.मं. नेपाल)

बिज्ञापन

स्याङ्जा, ०८ बैशाख । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले निन्दा कसैको नगरौं, प्रशंसा सबैको गरौं भनेर स्याङ्जाको बयरघाडीमा आयोजित एक सत्संग कायंक्रममा बताउनु भएको छ ।

उहाँले भन्नुभयो– ‘मालीले बगैचामा बिभिन्न प्रकार पूmलहरु लगाएको हुन्छ, उसले सबै फूलहरुको मलजल, गोडमेल एक समानले गर्छ, कसैलाई भेदभाव गर्दैन कि गुलाबलाई धेरै र सयपत्रिलाई कम भनेर स्याहर–सुसार गर्दैन । सबै फूलहरुलाई एक समान रुपले गोडमेल गर्छ । सबैलाई समदृष्टि, सद्भावको नजरले रेख–देख गर्दछ । सबै फूलहरु प्रति एक जस्तै लगाव रहेको हुन्छ । त्यस्तै प्रकार सत्गुरु माता सुदीक्षा जी महाराजले आफ्ना जतिपनि अनुयायीहरु छन् सबैलाई समदृष्टि–सद्भावनाको नजरले हेरेर हामी सबैलाई भरपूर आशीर्वाद प्रदान गर्नु भएको छ, यो अवस्था आज हामीले प्राप्त गरेका छौ ।’

‘आज संसारमा चारैतिर अशान्ति छ, मानवहरु दुःखीत छन्, सुखी कोहि छैन । घरमै बसेर मिडिया मार्फत हामीले अनेकौं घटनाहरु सुनिरहेका हुन्छौ, देखी रहेका हुन्छौ । यसरी आज सांसरमा कहल छ, अनेकौं दुर्घटना घटिरहेका छन्, आज हामी यो सुन्दैनौ की बाघले बाघलाई मारयो, पशुले पशुलाई मारयो, गाईले गाईलाई मारयो, भैसीले भैसीलाई मारयो । जनावर, पशु–पंक्षीहरुले कसैलाई मारयो भन्ने खबर हामी सुन्दैनौ । खबर केवल मान्छेले मान्छेलाई मारयो भन्ने सुनिरहेका हुन्छौ । हामीलाई योपनि थाह छ कि कसैको प्राण लिएपछि त्यसको सजाय भोग्नु पर्छ, तैपनि जानि–जानि हामी त्यो घट्ना घटाई रहेका हुन्छौ । त्यसैले सन्तहरुले मान्छे बन भनिरहेका छन् । मानविय गुणहरुलाई अपनाउ भनिरहेका छन् । मानवले गर्ने कार्यबाट हामी बिमुख भएका कारण मानव बन भनिरहेका छन् । आज ऋषिमुनि–पिर–पैगम्बरहरुले जेजति भलाईको लागि, कल्याणको लागि सन्देश दिए त्यसको हामी पालन गरिरहेका छैनौ जसको फलस्वरुप आज संसारमा यस्तो अवस्था देख्नु परिरहेको’, उहाँले तर्क राख्नुभयो । आज मानवले मानवको शोषण गरिरहेको छ, त्यसैले आउँ शोषण होइन, पोषण गरौं यो निरंकारी बाबा हरदेव सिंह जी महाराजको दिव्य सन्देश रहेको छ । बाबा जीले यो पनि भन्नुभएको छकि मानवलाई मानव होस प्यारो, एक–अर्काको बनु सहारा । निरंकारी मिशनमा सबै जातजाति, भेषभूष, रहनसहन, संस्कृतिका मान्छेहरु आवद्ध रहेका छन् । नेपालमा पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मान्छेहरु यसमा जोडिएका छन् । हामी यस निरंकारी मिशनमा नजोडिनुभन्दा पहिले हामीले एक–अर्कालाई चिन्दैन्थ्यौं । जब मिशनमा जोडियौं, ब्रम्हज्ञानलाई धारण गरयौं, तब हामी सबै एक परिवार हुनगयौं, कुन जातिको, कुन रहन–सहनको, सानो–ठुलो आदिको भेदभाव रहन गएन हामी एक परिवार हुन गयौं र हामीमा एक–अर्काप्रति प्रेम जागृत हुनगयो, प्रेम–नम्रता–सत्कारको मिशन हामीलाई प्राप्त भएको छ यो सबै सत्गुरुको कृपाबाट नै सम्भव भएको हो, उहाँले बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो, ‘बालबालिकाहरु आजको समयमा बिभिन्न कुलतमा फसिरहेको हामीले देखिरहेका छौ, अनेकौं नशापान, धुम्रपान, लागुपदार्थ दुव्र्यसनीमा लागिरहेको घटना समय–समयमा हामीले सुन्न, पढ्न, देख्न पाईरहेका छौ तर निरंकारी मिशनका बालबालिकाहरु सानै उमेरमा सेवादलको उर्दी लगाएर सत्संगमा सेवा गरिरहेको, सत्संगमा उपस्थित भएर यस ईश्वरको गुणगान गाइरहेको हामी देखिरहेका छौ । संसारका बिभिन्न कुनाहरुमा बाल संगतको आयोजना गरेर बाल शुलभ मनमा मानविय गुणलाई जागृत गरेर एक नेक मानव बनाई रहेको उदाहरण हामी केवल यस निरंकारी मिशनमा नै पाउँछौ । सन्त परिवारको घरमा आज स–साना बालबालिकाहरुले अनुशासनलाई धारण गरेको हामी पाउँछौ । यसो हुनु सबै यस सत्गुरुको कृपा नै हो ।’

बिज्ञापन

भक्तिका अनेकौं साधन छन् त्यस मध्ये प्रथम भक्ति सत्संग हो, दोस्रो भक्ति यसको चर्चा–ब्याख्या–प्रशंसा हो । आज सत्गुरु कृपाबाट यो प्रथम भक्ति प्राप्त भयो । यो भक्तिबाट नै हाम्रो आत्माको कल्याण हुन सक्छ । हामी यस निराकारबाटै आएका हौ र जानेपनि यस निराकारमै जाने छौ, जुन पाँच तत्वको शरीर छ, त्यो पाँच तत्वमा नै विलिन हुनेछ । आगोको भाग आगोमा, पानीको भाग पानीमा, हावाको भाग हावामा, माटोको भाग माटोमा, आकाशको भाग आकाशमा नै विलिन हुनेछ । यसरी आत्मा परमात्माको अंश हो । यो आत्मा तब परमात्मासंग मिल्छ जब यसले आफ्नो अंशलाई चिनेको हुन्छ । आत्मालाई आफ्नो अंशको जानकारी नहुँदा आत्मा संसारमा रुमिल्लिने गर्छ र यो चौरासी लाख योनिमा अल्झि रहन्छ । आज हामीलाई गुरुले चिनाउनुभयो कि तिम्रो आत्माको अंश परमात्मा हो । ईश्वरसंग नाता जोड्छौ भने तिमीले मुक्ति प्राप्त गर्न सक्छौ । आज जुन हामीलाई सत्गुरुबाट ज्ञान प्राप्त भयो, हामी निकै भाग्यशाली छौ उहाँले बताउनुभयो ।

सत्संगमा केन्द्रिय ज्ञान प्रचारक प्रमुख देवराज रिमाल, केन्द्रिय सदस्य दल बहादुर राना, टीकापुर भवनका सचिव श्रीराम काफ्ले, तेज बहादुर बोहरा, मिना क्षेत्री, मनमाया, देबी के.सी., मान बहादुर के.सी., नरमाया गुरुङ, कृष्ण थापा, जीतमाया तिवारी, मन्जु खड्का, कुल बहादुर, बयरघाडी सत्संग भवनका मुखी आदिले आफ्नो भाव प्रकट गरेका थिए । उक्त अवसरमा ग्रामिण विकास बैङ स्याङ्जाका प्रबन्धक भोजराज भण्डारीको पनि उपस्थिति रहेको थियो भने सत्संगको कार्यक्रम कृष्ण गोदारले संचालन गरेका थिए ।

बिज्ञापन
बिज्ञापन