जय नेपाल दाइ,लाल सलाम कामरेड! टीकापुरको हालचाल के छ । एक एकदम सहि छ । टीकापुरको व्यापार व्यावसाय कस्तो छ नि ? एक दम ठीक छ,चकाचक मालामाल छ । धेरै दिनपछि भेट भएको नराम्रो त भन्नु भएन नि! ऊ मनमनै सोच्न थाल्छ । जस्तैः जरो आएको भएपछि कसैले फोन गरेर सन्चै छौं ? भन्दा अस्पतालको बेडमा भएपनि सन्चै छु तपाई नि ?भने जस्तै हो । माओवादीको जनयुद्धले साझ पाँच बाजेदेखि टीकापुर सुनसान हुन थालेको हो,आज सम्म तपाई ६ बजेपछि टीकापुर बजारमा एउटा पसल खुलेको पाउनु हुँदैन,सुनसान भैहाल्छ । २०७२भदौ घटाइएको नरसंहार,विभत्स घटना पछि टीकापुर झनै शिथिल आर्थिकसामाजिक क्रियाकलाप चलाएमान अर्थबजार अलिकति खुम्चिएको को थियो । विस्तारै सहज हुने संकेत देखा पर्नासाथ ढुकुटी तिर लाग्यो टीकापुर, त्यसपछि व्यापार नभए के भयो र ढुकुटी तिर लागियो रातारात मालामाल बन्ने ।

त्यसले टीकापुरको दोकान व्यापार मुखमा लगानी साधारण रजिश्टरमा हिसाबकिताब धरौटी झोला,बाउन्स चेक,धेरै पैसा कमाउने,खाइसकेपछि तिर्न नपर्ने,यसले टीकापुरलाई ठूलै उन्नतिर धकेलेको विश्लेषण गर्न सकिन्छ । कतिसम्म भने आजकाल टीकापुर स्थिति विभिन्न बैंक तथा बित्तीय संस्थाहरु लगानी लगाउनुपर्दा ऋणी ढुकुटीमा संलग्न थियोे कि थिएन ल । टीकापुरका बैंकहरुले लगानी गर्ने मापदण्ड भनेकै ढुकुटीमा नफसेको हुनुपर्छ । त्यसले टीकापुरमा आर्थिक भूकम्प ल्याइदिएको कुरा हजुरलाई अवगत नै छ, क्यारे! सायद तपाइँको पनि यसमा लगानी भएको तर बाहिर भन्न नचाहेको,नसकेको मात्रै हो । दाइ मनमनै गुनगुनाए हो यार! भाइ!आवाज ननिकालेर दाइ फेरि मनमनै नाकको डाँडीबाट पसिना निस्केको देख्न सकिन्थ्यो ।
हामी नेपाली पनि कति बुद्धिमानी छौ, भनेनि भनी साध्य छैन । साह्रै दुख लाग्छ दाइ! आफ्नै देशमा एक गाउँबाट अर्को गाउँ ,एक जिल्लाबाट अर्को जिल्ला जानका लागि नदिमा पुल,यातायात छैनन् । तर भारत जानकाका लागि ठाउँ ठाउँमा पक्की पुल छन् । रेल-मार्ग बन्दैछन, रेल ल्याएर पनि विरगंन्जमा तृपालले ढाकेर राखेको छ । त्यो रेल नेपाली नागरिक,नेपालका लागि होईन, सिमानाबाट आवतजावत गर्न,सीमावर्ती भारतीय बजारमा सामान खरिद गरेर ल्याउन सजिलो होस् भन्ने हेतुले । यहाँको सामान तपाईंले बेच्न चाहनु भयो,भने तपाइँको सामान सीमा वारिबाटै जफत हुन्छ,यो नेपालकै प्रहरी जो सिमानामा खटिएका हुन्छन् । तर उताबाट जति सामान जुनसुकै सामान ल्याएपनि गुन्टा भित्र हतियार किन नहोस् चाहे लागूऔषध सेते खैरो सैरो के के हिरो,हिरोईन हुन खै दाइ ? समाचारमा सुन्नु भएको होला । भारत लैजान लागेको केराउ,सुपारी, इलाची, अदुवा, जफत भयो,प्रहरीले बहादुरी प्रदर्शन गर्यो । त्यो प्रहरीलाई फुली लगाइदियो वा! नेपाल प्रहरी वा!!भनेर । देश भित्र साह्रै प्रसंशा पनि पाएको सुनिन्छ । सुन्नु भएकै होला दाइ । एक हजार भ्रष्टाचार गर्ने जेल पर्छ एक करोड भ्रष्टाचार गर्ने जेल पर्दैनन् , बरु राजनीति संरक्षणमा पर्छन् ।

सरकारले देशलाई पुरै लकडाउन गर्यो, आफ्ना नागरिकहरु पारीको पारी रोक्यो । तर सुर्तीजन्य पदार्थ रोकेन,रोक्न चाहेन वा रोक्न सकेन ? भारतबाट नेपाल निर्बाध सुर्तीजन्य पदार्थको आयात भैरहेको छ । उपभोग्य राम्रो वस्तु आयात गर्न कठिन छ दाइ । जस्तै तपाई प्याज आयात गर्न सक्नुहुन्न कठिन छ । दुई देश बिचको व्यापार सम्झौता गरेका छन्,खुल्ला सिमाना छन् । अनि समयसमयमा व्यापारमा अवरोध आइरहन्छन् , यो सरकार दुई देशका सरकारको कमजोरी हो । बढी कमजोरी कसको भन्ने त दाइलाई नै थाहा होला । हेप्नीको पनि हद हुन्छ यार ! हुन कमजोरी हाम्रै हो देशको नेतृत्व गर्नेहरूको अकर्मण्यता गैरजिम्मेवारी, गुलामी, चाकरी, प्रथाले देशलाई कुटनैतिक मर्यादा भन्दा अनावश्यक प्रभुवाद देशको राजनीति पनि परनिर्भर बनाइनु कस्तो अचम्म छ ।
सम्झौता त सबै ठाउँमा हरेक समयमा समान हुनुपर्छ इमान्दारिपूर्वक कार्यनयन पो गर्नुपर्छ । आफूलाई जसरी फाइदा हुन्छ, त्यो त्यो मात्रै गर्दा व्यापार पारवहन यातायात विभिन्न सन्धि सम्झौता को के अर्थ राख्छ र ? सम्झौता कार्यनयन एक पक्षीय हुँदैन । खाने भए खाँ नत्र घिच पनि हुन्छ त ? दुई देशका सरकार र निजी क्षेत्र जनता जनता बिचको युगौ,युग देखि चलिआएको धार्मिक तथा सांस्कृतिक सम्बन्ध संसार अरू देशको भन्दा विशिष्ट खालको हो । छिमेकी गरिब छ भने जहिले पनि जुन अवस्थामा विषय पनि हेप्ने हेला गर्ने कुरा कदापि सुहाउँदैन दाइ । उमेर जात वर्ग धन सम्पत्तिलाई उसको आस्था अबस्थामा हेरेर छिमेकीसंग सम्बन्ध राख्ने कुरा अनुचित हो ।
दाइ प्रसंग कताकता दाइले सोध्नुभएको टीकापुरको बारेमा हो है अर्कैतिर जान थाल्यो । हो,हामी नेपालीको बानी एउटा चाहिँ खराब छ दाइ । हामी नेपाली साह्रै अल्छी गर्न थाल्यौं । भाषण गर्ने जालसाजी गर्ने राज्यको सम्पत्तिको दुरुपयोग गर्ने आफ्नो निहित स्वार्थमा तल्लीन रहने देश जनता भाडमे गया । विभिन्न घटनाक्रम र समय इतिहासले देशलाई स्वाधीन बनाउने आत्मनिर्भर गर्ने अवसर सवाल उठ्ने गर्छ, पछि त्यसै सेलाएर जान्छ । नाकाबन्दीताका हाम्रो चुरिफुरी है के के न गर्छन् , कि क्या हो बुढाले, जस्तो लाग्ने केही समयपछि त खुत्रुक्क ! भारतबाट आयातीत तरकारी तथा फलफूलमा अधिक विषादी छ, भेटिन्छ । चेक गरेर मात्रै ल्याउने भनेर गाडीहरू लाइनमा लाग्छन् , दूतावास बाट एककल फोन आउछ खुत्रुक्क । यस्तो कस्तो सरकार टु सरकार बिचको सम्बन्ध हो कुन्नि ?
खक्रौलामा पुल बन्दा फाइदा कसलाई फाइदा भएको छ टीकापुर वा तिकुनियालाई ? सनकट्टिमा पुल नबन्दा घाटा कसलाई टीकापुरलाई, बर्दियालाई वा तिकुनियालाई यतातिर हाम्रो ध्यान किन जान्दैन । कि भन्सार कम गर्नुपर्ने कि कुनैपनि तरिकाले अर्को देशबाट मालसामान आयात गर्न नदिनुपर्ने । चोरीपैठारी गरेर ल्याउन सकिने । स्वतन्त्र रुपमा खुल्ला सिमानामा प्रतिदिन हजारौं मानिस लाइन लागेर बिना भन्सार ल्याउने पाइने अनि टीकापुर बजारको मूल्य तुलना गरेर हुन्छ ? भारत विशाल बजार हो । सामान त सस्तो हुनेनै भयो । ३००प्रतिशात भन्सार लाग्ने देश पनि नेपाल नै होला । १ लाख भारुमा पाइने नानो कार नेपालमा ९ लाख पर्छ । भारतमा एउटा मोटरसाइकलको टायर रू १७०० नेपाली पर्छ, भने त्यहीँ टायर नेपालमा ५००० पर्छ अनि यस्तो फरार असमानता भएपछि नेपाली ग्राहक जानेनै भए,चोरीपैठारी हुनेनै भयो । यत्रो मार्जिन भएपछि यत्रो दरमा फरक भएपछि अनि । लगभग २५ जिल्ला भारतलाई छुएको छ, खुल्ला सिमाना सजिलोसँग आवतजावत गर्न सकिन्छ । सकभर पक्कै पुल छन् अझै तस्करीका लागि हरे ठाउँमा राति नाउँ, डुङ्गा चल्छन् , के के आउँछ आउँछ ।
पछिल्लो ७ महिना देखि कोरोना महामारीको कारण खासै मानिसको किनमेल छिमेकी देशको बजारसंग छैन । यो नाकाबन्दी पछि आत्मनिर्भर हुने सकेसम्म कृषि उत्पादनलाई जोड दिएर परनिर्भरता कम गर्न सकिने दोश्रो सुनौलो उपयुक्त मौका अवस्था र अवसर थियोे । रोजगारीको लागि विदेश गएका नेपाली धमाधम स्वदेश फर्केका थिए । यसैलाई आधार मानेर तिनीहरुलाई यतै रोक्ने उपाय जुक्ति सोच्नुपर्ने थियोे । उल्टै पुरानै खेतीकिसानी बाट पेट पाल्ने किसानले जहाँ सम्म पहिला बीउ पाएनन् , पछि बजारमा समयमा मल पाएनन् । लाजमर्दो भारतबाट सरकारले खेती भित्र्याउने समय सकिनै लाग्दा पनि मल ल्याउन सकेन । अर्को छिमेकी देश बंगलादेशबाट पैचो मागेर मल ल्याउने निधो गर्यो त्यो मल पनि अझैसम्म आइपुने,अत्तोपत्तो छैन । यस्तो बिजोग देखेपछि फर्केका पनि पुर्न उतै जान पो थाले दाइ ! नागरिक प्रतिको जिम्मेवारी सरकारको लागि अरु हुनै सक्दैन । खासमा भै के रहेको छ भन्ने नै बुझ्न् सकिएन । प्रधानमन्त्री देखि विभागी मन्त्री, मुख्यमन्त्री, सांसदहरू, मेयर अनि वर्डा अध्यक्ष सम्म नियम धाक फूर्ती त ठूलै गर्छन् । बंगलादेश पैचो मल ल्यान सक्ने उसैसंग किनेर ल्याउन किन नसकेको होलान् अचम्मै लाग्छ ।
आम टीकापुरका र आसपासका उपभोक्ता अहिले सीमावर्ती बजारमा कोभिडका कारण जादैनन । यसो बाहिरबाट हेर्दा त टीकापुर लगायत देशैभर व्यापार व्यावसाय उथलपुथल राम्रै होला जस्तो लाग्छ, तर सरकारले लामो समयसम्म देशलाई लकडाउन गर्दा सबै अनुमान विश्लेषण ठ्याक्कै उल्टो विपरीत हुन्छन । अहिले मानिससंग पैसा छैन,अनि कसरी व्यापार हुन्छ ? आम्दानी का श्रोत बन्द छन् । भएको रोजगारी गुमाउनुपरेको छ,विदेश गएका,विदेशबाट आएका सबैको अवस्था उस्तै हो । भएको पैसा सबै खर्च भैसकेको छ । अनि कसरी हुन्छ व्यापारी ? यस्तो कस्तो विडम्बना नै मान्नुपर्छ भाग्यशाली भारत नै हो है । जहाँ लाखौं मानिस प्रतिदिन कोभिड संक्रमण भैरहेका छन् , मरे आफ्नै देशमा मरौला भनेर आएन पुर्न उतै फर्कदैछन । नेपाल सरकारको लागि यो भन्दा लाजमर्दो कुरा अरू के होला र दाजु । खै त सरकारले तिनीहरु यहीँ रोक्न सकेको ? अहिले भारत लगायत कुनैपनि मुलुकहरू जानुहुदैन? जबसम्म कोरोनाको त्रास कमहुँदैन, आफ्नै देशमा बस्ने बाच्न सक्ने अप्ठ्यारोमा परेकालाई सहयोग, सान्त्वना, भरोसा दिन सक्नुपर्ने,थिएन र ?
कुर्सीमा टासिंएको रहर मेटाउन सकिन्छ पदको आडमा दम्भ अहंकार देखाउन सकिन्छ ,पैसा कमाउन सकिएला तपाइँ, तपाइँको परिवारको जीवनमा ठूलै परिवर्तन ल्याउँला,त्यसले आम मानिसको जीवनमा कदापि परिवर्तन आउँदैन, मानिदैन भने तपाइँको प्राप्त गरेको उपलब्ध समाजका लागि निराधार धोका मानिनेछ । तपाई समाजको लागि समाज तपाईंको लागी,यो नै राजनीतिको मुख्य भाव सिद्धान्त र लक्ष्य पनि हो । जालझेल म,कानेखुसी,षड्यन्त्र र भ्रष्टाचार कतिन्जेल गर्ने ? त्यस्तालाई राजनीति मान्ने,गुटबन्दी गर्ने नैतिकता पतन बाएका संघसंस्था मार्फत जिम्मेवारी सार्वजनिक पद हड्प्ने, हद भन्दा तल गिरेर प्राप्ति मात्रै सोच्नु अन्याय ठहरिन्छ । राजनीतिमा पारदर्शिता इमान्दारिता दुरदर्शिता नैतिकता अनुशासन अनि जिम्मेवारी बोध कर्तव्यबोध गरि आफ्नो बौद्धिकता कला दक्षता ,क्षमता पर्दर्शन गर्न सक्नुपर्छ । हाम्रो कमजोर व्यवस्थापन नै देशाका हरेक क्षेत्र अस्तव्यस्त लथालिङ्ग छन् । अनि देशमा समृद्धि र विकास कसरी आउँछ सुशासन आउने कुरैभएन । लौ त दाइ जय नेपाल ,लाल सलाम ! बाँकी अर्को भेटमा । धन्यवाद
Higher cytotoxic effect was shown by Gellan gum Tamoxifen citrate nanoparticles than free Tamoxifen citrate drug in breast cancer cell line MCF 7 in an in vitro cytotoxicity study done using SRB assay, which illustrates the major application of Gellan gum in nanoparticle drug delivery system in various fields of cancer research lasix iv dose The importance of calcium in carcinogenesis derives from its participation in regulating cell proliferation, differentiation, and apoptosis 31 33