घटना समाचार

भारततर्फ लैजाँदै गरेको १५० किलो गाँजासहित दुईजना पक्राउ

बिज्ञापन

जनकपुरधाम । बाराको महागढीमाई नगरपालिका ५ बाट सशस्त्र प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

बा ५ ख ८०७५ नम्बरको ट्रकमा लुकाएर भारततर्फ लगिरहेको अवस्थामा शुक्रवार राति सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्दा १५० किलो गाँजा बरामद भएको थियो ।

गाँजा ट्रकमा भेटिएपछि त्यसमा सवार दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी मधेश प्रदेशका डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका ६ का २९ वर्षीय राजकुमार रुम्बा र भारतीय नागरिक मोतीहारी जिल्ला थाना संग्रामपुर ११ बस्ने श्यामलाल महतो रहेका छन् ।

बिज्ञापन

बरामद गाँजा कहाँबाट ल्याएको कुरा खुल्न नसकेको र अनुसन्धान गरिरहेका डिआइजी मगरले बताएका छन् ।

बिज्ञापन
बिज्ञापन