काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले २०७४ सालमा भएको स्थानीय निर्वाचनको नतीजाका आधारमा सिट बाँडफाँड अमान्य हुने बताएका छन् । रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै भट्टराईले सो कुरा गरेका हुन् ।
विज्ञापन

उनले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सम्मानजनक ढंगले सिट बाँडफाँट हुनुपर्ने बताए । उनले भने २०७४ सालमा प्राप्त गरेको सिट संख्यालाई आधार मानेर चुनावमा गठबन्धन हुन सक्दैन
अघिल्लो स्थानीय तहको निर्वाचन भएको चारवर्षपछि मात्र आफ्नो पार्टी गठन भएकाले अघिल्लो निर्वाचनको सिट संख्यालाई आधार मानेर चुनावी गठबन्धन गर्न नहुने उनको भनाई छ ।
विज्ञापन

उनले भने “चुनामा तालमेल गर्ने हो भने सम्मानजनक सिट चाहिन्छ, नभए पेलेर अघि बढ्न खोज्ने हो भने गठबन्धनको विकल्प खोज्छौं” ।
अन्य समाचारहरु
यो सरकारले अर्थतन्त्र बिकासको नेतृत्व गर्न सक्दैन : ओली
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा