June 6, 2023

मालिका समाचार

देशकाे ऐना

भीमदत्त नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले भीमदत्त नगरपालिकाबाट महाकाली नदी रोयल्टी ठेक्का सम्बन्धि कागजपत्र नियन्त्रणमा लिएको छ ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

नेकपा (एकीकृत समाजवादी) का प्रदेश कमिटी सदस्य खेम भण्डारीले भीमदत्त नगरपालिका सम्बद्ध अधिकारीहरूलाई तत्काल निलम्बनको माग गर्दै सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

आयोगले सोमबारनै भीमदत्त नगरपालिकाबाट आवश्यक कागजपत्र नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले बताए ।

विज्ञापन

नेता भण्डारीले महाकाली नदीको रोयल्टी ठेक्कामा राज्य कोषमा ३ करोड ३३ लाख रुपैयाँभन्दा धेरै नोक्सानी पु–याइएको दाबीसहित सोमबार हुलाकमार्फत् आयोगमा उजुरी दिएका थिए ।

यसअघि भण्डारीले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने नाममा भीमदत्त नगरपालिकाले एक करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको उजुरी दिएका थिए । उनको उजुरीपछि अख्तियार कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।