08/12/2021

मालिका समाचार

देशको ऐना

डा.भिम रावल द्वारा अधिवेशनको ५ दिन अगावै अध्यक्ष पदको उम्मेद्बारी घोषणा

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

काठमाडौ :नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलद्वारा नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको ५ दिन अगावै आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ।

आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि डा भिमरावलले आफ्नो उम्मेद्बारी घोषणा गर्नु भएको हो।
सोको क्रममा डा रावलले पार्टीको बिधान महाधिवेशन बाट पारित बिधान अनुरुप आफ्नो उम्मेद्बारी पार्टीको अध्यक्ष पदको निम्ति रहेको बताउनु भयो ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

आफुले उम्मेद्बारी दिनुका केहि बुदा समेत राख्दै देशको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता , जबजको सिद्धान्त लाई स्थापित गर्दै जनताको जनजिविकाको सवाल समाजवाद उन्मुख समाजका मुल्य मान्यता लाई स्थापित गर्न ,पार्टी भित्रको आन्तरिक किचलो अंतर्विरोध लाई निराकरण गर्न राष्ट्रिय एकता भौगोलिक अखण्डता ,आर्थिक भ्रष्टाचार उन्मुलन गर्न समजदारी सहकार्यता अघि बढाउन अध्यन अनुसन्धान गर्दै पार्टीलाई सगरमाथा जस्तो उच्च स्थानमा राख्दै अघि बढ्ने जस्ता कुरा हरु राख्नु भयो ।

सहमति गर्ने भनी पार्टीले भनी रहेको वेला तपाईले किन उम्मेदवारी दिन हतार गर्नु भयो भन्ने संचार कर्मिको सवालमा रावलले भने पार्टी भित्री त्यस्तो कुनै छलफल नभएको र जित्ने हार्ने कुरा प्रतिनिधि हरुले आफ्नो मत बाट निर्धारण गर्ने कुरा भएको बताए संचार कर्मी को दोस्रो सवाल तपाई अध्यक्ष जित्ने के आधार छ? भन्ने प्रश्न मा रावलले हार्ने डरले कसैले उम्मेद्बारी नदिने हो भने पार्टी भित्रको लोकतान्त्रिक मान्यता समाप्त भएर जाने पनि बताए भने त्यसमा कुरा थप्दै अहिले का पार्टी अध्यक्षले पनि ८ औ महाअधिवेशनमा हारेको र आफ्नो पनि त्यतिबेला उपाध्यक्षको उम्मेद्बारी रहेको हारेको कुरा स्मरण गरे।
नेकपा एमालेको महाधिवेशन आगामी १० देखी १२ गते सम्पन्न हुन गइरहेको छ। त्यो दिन आउन अझै ५ दिन बाकी रहेको छ।

विज्ञापन