घटना समाचार

भुपेन्द्र बडुवाल हत्या प्रकरणमा धरौटीमा छुटेका ३ जना पुनः पक्राउ

बिज्ञापन

टीकापुर । जिल्लाका भुपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालतले धरौटीमा रिहा गरेका ३ जना फेरि पक्राउ परेका छन् । उक्त मुद्दाको पुनरावेदन हुँदा उनीहरुलाई उच्च अदालत दिपायलले पुनः पक्राउ गर्न आदेश दिएपछि प्रहरीले ३ जनालाई समातेको हो ।


पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका वडा न ३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सबिनजंग शाही, कैलालीको लम्की चुहा नगरपालिका ३ बस्ने २८ वर्षीय विकास खड्का र कैलालीको बर्दगोरिया गाउँपालिका २ बस्ने २५ वर्षीय लोकेन्द्र कुवँरलाई ईलाका प्रहरी कार्यालय लम्की र बौनियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उच्च अदालतले गत फागुन ५ गते पुर्पक्ष गर्ने आदेश दिएअनुसार सोमबार उनीहरुलाई पक्राउ गरी आज मंगलबार जिल्ला अदातलमा पेश गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलालीको लम्की चुहा नगरपालिका २३ वर्षीय भुपेन्द्र बडुवालको कात्तिक २३ गते टीकापुर नगरपालिका वडा नं १ मा हत्या भएको थियो । उनको हत्या आरोप लागेका ८ जना अझै पनि फरार रहेका छन् भने १२ जनालाई पक्राउ गरी कैलाली प्रहरीले अनुसन्धान गरेको थियो ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन