June 5, 2023

मालिका समाचार

देशकाे ऐना

बिनोद चौधरी विश्वका अर्बपतिको सूचीमा

काठमाडौ । नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेर डेढ अर्ब डलर पुगेको छ । सन् २०२२ मा गएराति सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९औं नम्बरमा परेका छन्।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

फोबर्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ । उनको सीजी कर्पोरेट ग्लोबल, नेबिल बैंक, सीजी फुड्समा लगानी रहेको भनिएको छ । ६६ वर्षीय चौधरीको वाइ वाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ ।

वाइ वाइको उत्पादन नेपालमा मात्र नभई भारत, सर्विया, बंगलादेशसम्म फैलिएको छ । इजिप्टमा पनि वाइ वाइ उत्पादनको प्रक्रियामा छ । सीजीको होटलमा पनि लगानी रहेको छ । भारतको ताल होटल चेनमा समेत उनको लगानी छ ।

विज्ञापन

बिनोद चौधरीका छोराहरु निर्वाण नेपालमा व्यवसायमा सक्रिय रहेको, राहुल र वरुण नेपालबाहिर सीजी गु्रपको कम्पनी सञ्चालन गरिरहेको फोबर्सले लेखेको छ ।