घटना समाचार

बुटवलमा बम विस्फोट

बिज्ञापन

बुटवल । बुटवलको मिलनचोकमा बुधबार साझँ बम विस्फोट भएको छ । मिलनचोकको आकासे पुल नजिक प्रेसर कुकर बम विस्फोट भएको हो । बम विस्फोटपछि अहिले त्यहाँका स्थानीयहरु त्रसित बनेका छन् ।

बम विस्फोटबाट कुनै क्षति भने नभएको सशस्त्र प्रहरीका डीएसपी सुरज पाण्डेले जानकारी दिए । बम विस्फोट भएको स्थान नजिकै रातो कलरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको प्रचाहरु पनि भेटिएको छ ।

बम विस्फोट भएपछि अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ भने विस्फोट गराउनेको खोजी भइरहेको छ ।

बिज्ञापन
बिज्ञापन