काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वृद्ध भत्ताको रकम बढाएर पाँच हजार पु¥याउने दाबी गरेका छन् ।
विज्ञापन

मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका–२ स्थित लुम्बिनी सिद्धार्थ रिसोर्टमा कार्यकर्तालाई सम्बोधन गर्दै नेपालले सो कुरा गरेका हुन् । उनले जहाँ जसको शक्ति छ उसैले निर्वाचनमा दाबी गर्ने बताए ।
उनले भने – ‘यो क्षेत्रमा हामी बलिया छौं । त्यसैले यहाँ हाम्रो दाबी रहने छ ।’ एमालेप्रति इङ्गित गर्दै उनले बृद्धभत्ता लागू गर्ने, विधवा महिला, एकल महिला, अपाङ्गता भएकालाई भत्ता लागू गर्ने आफ्नो दल रहेको बताउँदै अरू नक्कली रहेको बताए ।
विज्ञापन

यस्तै कार्यक्रममा एकीकृत समाजवादीमा सचिव भागवत विश्वासीले प्रतिनिधि सभा विघटन गर्ने केपी ओलीले संविधान मिचेर जनमतको अपमान गरेको आरोप लगाए ।
अन्य समाचारहरु
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन चीन सहयोग गर्न तयार छ: अग्नि सापकोटा
प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा पदीय मर्यादाको उल्लंघन गरे: भीम रावल