विज्ञापन

काठमाडौं । भैरहवाका भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन–४ को विजेता बनेका छन् । उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन–४ को विजेता बन्न सफल भएका हुन् । उनले ३० लाख रुपैँया र ट्रफी पाए ।
त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन् । उनले ५ लाख रुपैँया र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन् । उनले ३ लाख रुपैँया र ट्रफी पाए ।
त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए। उनीहरुले गिटार र दस लाख बरारको बीमा पाएका थिए ।
विज्ञापन

अन्य समाचारहरु
सलमान खानलाई भेट्न साइकलमा ११ सय किमी यात्रा
रवीनाले सार्वजनिक गरिन् प्रेमीको तस्बिर
‘द भ्वाइस अफ नेपाल’ सिजन ४ का विजेता बने करण राई