घटना समाचार

आगलागी हुँदा साढे दुई वर्षीया बालिकाको मृत्यु

बिज्ञापन

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा रहेको बोया बिहीबारे बजारमा भएको आगलागीमा परेर साढे २ वर्षीया बालिकाको ज्यान गएको छ ।

बालिकाका आमा बुबा घाइते भएका छन् । आगलागीमा स्थानीय खेममणि तामाङकी साढे २ वर्षीया छोरी रेश्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राई जानकारी दिनुभयो ।

उहाँका अनुसार खेममणि तामाङ र उहाँकी श्रीमती मिना तामाङलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । यस्तै, आगलागीबाट चार घर जलेर नष्ट भएको छ ।

बिज्ञापन
बिज्ञापन