विज्ञापन

संखुवासभा । भर्खरै संखुवासभामा बस दुर्घटनामा परेको छ । संखुवासभाबाट झापातर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस अहिले बिहान सातघुम्ती भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले दिएको जानकारीअनुसार अहिलेसम्म दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
विज्ञापन

त्यसमध्ये ९ जना पुरुष र ४ जना महिला भएको उनले जानकारी दिए । घाइते पाँचजनालाई अस्पताल लगिएको छ । अहिले पनि उद्धार कार्य जारी रहेको उनले जानकारी दिए ।
उनका अनुसार बस सडकबाट निकै तल खसेको छ । क्षति अझै बढी हुन सक्ने उनले जानकारी दिए ।
अन्य समाचारहरु
घरमा १० लाखको ढोका राख्ने डिएसपी अख्तियारको फन्दामा
भाइको निधनले मर्माहत करिश्मा
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते