आस्था /आध्यात्म

परमात्मा–निराकार एक शिशि क्यमरा हो– नर बहादुर रावल (अध्यक्ष, स.नि.मं. नेपाल)

बिज्ञापन

बुटवल, ७ बैशाख । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले परमात्मा–निराकार एक शिशि क्यामरा भएको बताउनु भएको छ । शिशि क्यमराको नजर चारैतिर हुन्छ, त्यसको नजर सिधैं हुन्छ त्यस्तै परमात्मा–निराकार एक शिशि क्यमरा हो, यो सर्वत्र फैलिएको छ, यसको अगाडि कसैले झूटो बोल्न सक्दैन । हामीले सधैं यस निराकारलाई आफ्नो अंगसंगमा देखेर यसको डर मान्छौ र सही बाटो हिड्छौ भने मात्र मानव योनि सफल पार्न सक्छौ । उक्त कुरा उहाँले बुटवलको तिलोत्तमा नगरपालिकाको जानकीनगरमा आयोजित सत्संग कार्यक्रममा बताउनु भएको हो ।

बिज्ञापन

उहाँले अगाडि भन्नुभयो– ‘आज संसार बदलाको भावनाले प्रेरित रहेको छ तर हाम्रो निरंकारी मिशनले कहिल्यै प्रतिशोधको भावनालाई अंगालेन, जहिलेपनि परोपकारको भावनालाई नै अंगाल्दै आएको छ । बाबा गुरबचन सिंह जीको हत्या हुँदा पनि सन्तहरु संयम भएर बाबा हरदेव सिंह जीले आव्हान गरेको ‘रगत नालीमा होइन, नाडीमा बगाउनु पर्छ’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गरेर रक्तदान शिविरको आरम्भ गरे ।’

‘सत्गुरु बाबा गुरबचन सिंह जीको जुन हत्या भयो त्यो भावनात्मक हत्या थियो । शरीर परिवर्तन हुनुको पनि कुनै कारण हुन्छ तर यो ज्ञान परिवर्तन हुँदैन, परमात्मा–ईश्वरको अंश आत्मा हो । बाबा गुरबचन सिंह जीलाई सच्चा श्रद्धाञ्जली दिने होभने हामीले रगत नालीमा होइन, नाडीमा बगाउनु पर्छ जुन बाबा जीको सन्देश रहेको छ त्यसलाई आत्मसाथ गर्दै जीवनमा ढाल्छौ भने तब मात्र सच्चा श्रद्धाञ्जली हुने छ’, उहाँले प्रष्ट पार्नुभयो ।

उहाले, ‘परमात्मा एक छ, एकबाट यो सम्पूर्ण सृष्टिको रचना भएको हो । यसरी सत्गुरु एक माध्यम हो जसबाट परमात्मा–ईश्वर–निराकारले अनेक कार्य गराउँछ ।’
ज्ञान लिएर मात्र जीवनमा कुनै सार्थक हुँदैन जबसम्म गुरुको सन्देशलाई हु–ब–हु पालन गर्दैनौ, त्यस मुताबि आफ्नो कर्मलाई डोरयाउँदैनौ, तबसम्म हामीले मानव योनि पाएको सफल हुँदैन । ज्ञान पनि लिएका छौ, सत्संग पनि गरिरहेका छौ, हामीमा तेरो–मेरोको अहंकार छ, जाति–बर्णको भेदभाव छ, कालो–गोरो, सानो–ठुलोको भेदभाव छ र मनमतबाट माथि उठ्न सकिरहेका छैनौभने त्यति बेलापनि ज्ञान लिएको कुनै सार्थक हुँदैन ।

ज्ञान लिनुभन्दा पहिले हामी अनेकौ प्रकृतिको पूजा गरिरहेका थियौं, तिनीहरुलाई भागवान मानेर पूजी रहेका थियौं तर सत्गुरुको कृपाबाट बल्ल थाह भयोकि भगवान भनेको के रहेछ, त्यो कहाँ रहेछ भनेर । जसको पूजा गरिरहेका थियौं त्यसलाई चिनेका थिएनौ, कर्म–काण्डमा नै रुमिल्लि रहेका थियौ, बल्ल जब गुरुबाट ज्ञान पायौं तब यस रमेरामको साक्षात दर्शन गर्न सक्यौं । यति ठुलो कृपा हामीमाथि सत्गुरुले गर्दा नै भएको हो । सत्गुरुले हामीलाई नर रुपी नारायणको पूजा बाट नै भगवानको पूजा गर्न सकिने बताउनुभयो, उहाँले भन्नुभयो ।

सत्संग कार्यक्रममा टीकापुर सत्संग भवनका सचिव श्रीराम काफ्ले, तेज बोहरा, दल ब. राना, सन्त निरंकारी मण्डल नेपालका ज्ञान प्रचारक प्रमुख देवराज रिमाल, कोमल, गोपाल, लक्ष्मी, निलम, मनोज, राजेश, बिष्णु, बादल, मीरा, छेद्दीलालले आ–आफ्नो भाव प्रकट गरेका थिए भने बिरेन्द्र जैसवालले कार्यक्रमको संचालन गरेका थिए ।

बिज्ञापन