राजनीति

बुटवलमा २५ गते हुने एमालेको चुनावी सभालाई ओलीले सम्बोधन गर्ने

बिज्ञापन

बुटवल । नेकपा (एमाले) ले यही वैशाख २५ गते बुटवलमा चुनावी सभा गर्ने भएको छ । चुनावी सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

बिज्ञापन

रुपन्देही जिल्लास्तरीय सभामा कार्यकर्ता र एमाले समर्थक मतदाताहरु जुलुससहित सहभागी हुने उनले बताए । एमालेले यसअघि आयोजना गरेका आमसभाहरुमा लाखौँ जनता सहभागी हुने गरेकोमा यसपालिको चुनावी सभालाई पनि निकै उत्सुकतापूर्वक हेरिएको छ ।

बुटवल–११ देवीनगरस्थित खुला मैदानमा आयोजना हुने आमसभामा रुपन्देही जिल्लाका सबै पालिकाबाट एक लाख जनता जुटाउने योजना रहेको एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिए ।

एमालेले चुनावी सभाको तयारी सुरु गरिसकेको छ । सबै पालिकाहरुले टोलटोलबाट जनसहभगिताका लागि काम सुरु गरिसकेको बताएका छन् । चुवानी सभालाई अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु प्रसाद पौडेल लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

बिज्ञापन