लेख

कपल्स च्यालेन्ज र यसको नकारात्मक प्रभाव

बिज्ञापन

कपल्स च्यालेन्ज र यसको नकारात्मक प्रभाव
पूर्ण कुमाल
संसारमा स्मार्ट फोनको आविष्कार भएयता सोसल मीडियामा अनेकौं कुराहरु पोष्ट गर्न सजिलो भएको छ । कुनैपनि आफ्नो व्यक्तिगतदेखि सामाजिक गतिविधिका कृयाकलाप अथवा (म्यासेज) लाई जानकारीकारी गराउनु छभने सोसल मीडियामा पोष्ट गरिदिदा हुन्छ । एक सेकेण्ड मै त्यो म्यासेज विश्वभरि भाइरल हुन जान्छ, पहिलेको जस्तो हप्तौं वा महिनौं हुलाकीको बाटो पर्खनु पर्दैन । त्यसको लागि मात्र चाहिन्छ स्मार्ट फोन । मोबाईलको बजारमा आएको प्रतिस्पर्धाबाट स्मार्ट फोनहरु निकै सस्ता भएका छन्, जसले गर्दा एक फोहोर उठाउने गरीबदेखि अरबपतिको हातमा अनेक प्रकारका स्मार्ट फोनको प्रयोग गरिरहेको देख्न पाईन्छ ।

सोशल मीडियाको कुरा गर्दा आजभोलि ‘कपल च्यालेन्ज’ पोष्ट गर्नेहरुको होड नै देखिन्छ । चाहे ती बयस्क युवा–युवती हुन वा ६० वर्ष नाघेका बृद्धा दम्पति किन नहुन । सबैले आफू र आफ्नो पार्टनरको जोडीलाई सोसल मीडियामा पोष्ट गर्नुमा व्यास्त भएको देखिन्छन् । तर, यसको भविष्यमा कस्तो परिणाम आउला भनेर यसतिर कसैको ध्यान गएको पाइदैन् । कपल्स हैशटेगका साथ आफ्नो तस्वीर वा एक–अर्कासंग ¥यापिड फायर प्रश्नोत्तरको भीडियो इंस्टाग्राम, फेसबुक र ट्विटरमा अनेकौ सोशल साइट्समा पोस्ट गरिरहेका छन् । एक भारतिय न्यूज ऐजेन्सीका अनुसार इंस्टाग्राममा मात्र ४० हजारभन्दा धेरैले आफ्नो तस्वीर र छोटो समयको भिडियोलाई पोष्ट गरिसकेका छन् । यसो हेर्दा वा पढ्दा यो च्यालेन्ज निकै राम्रो लाग्ने गर्छ तर भारत र नेपालमा साइबर एक्सपर्ट र प्रहरीहरुले यसबाट सावधान रहन अपील गरेका छन् । यसको बारेमा भारतमा दिनहुँ धेरै गुनासाहरु पनि आइरहेका छन् । धेरैलाई कपल्स च्यालेन्ज के हो भन्ने बारेमा थाह नहुन पनि सक्छ । आउनुहोस त्यसको बारेमा अलिकता चर्चा गरौं । सामान्य अर्थमा भन्नुपर्दा आफूसंग आफ्नो पार्टनरको तस्विरलाई सोशल मीडियामा पोष्ट गर्नुलाई कपल्स च्यालेन्ज भनिन्छ । कपल्स च्यालेन्जको हैशटेगका साथ हजारौं मान्छेहरु इंस्टाग्राम, फेसबुक र ट्विटरमा कपल्सका फोटाहरु पोष्ट गरिरहेका छन् । यस ट्रेडलाई लिएर संकडौं मीम पनि आइसकेका छन्, जहाँ सिंगल मान्छेले कुनै सेलिब्रेटीको तस्वीरलाई फोटोशेसनको माध्यमबाट आफ्नो तस्वीरसंग जोडेर पोष्ट गरिरहेका छन् । यति मात्र होइन केहि एक्लो भएकाहरुले त यस ट्रेडको प्रयोग आफ्नो एक्लोपनलाई मजाकको हिसाबमा देखाउनको लागि पनि गरेका छन् । महाराष्टको नागपुर प्रहरी ‘ल इनफ्रोसमेन्ट अथोरिटी’ ले यस अभियानको प्रयोग कोभिड–१९ को महामारीलाई लिएर जागरुक बढाउनको लागि पनि गरेको छ । प्रहरीले एक ट्वीट गरेर भनेको छ– ‘यदि राम्रो कपल्स बनेर देखाउनु छभने महामारीको दौडमा मास्क नै सबैभन्दा राम्रो कपल हुनसक्छ । यस मास्क कपल्सले मान्छेको प्राणलाई कोरोनाको मुखमा जानबाट बचाउनुको साथै र प्राणको रक्षा गर्ने छ । यस इंटरनेट कपल्स च्यालेन्जले प्रहरीको ध्यानलाई पनि आकर्षित गरेको छ । यसमा अनेकौं गुनासाहरु उनीहरुलाई प्राप्त भइरहेका छन् । प्रहरीले भनेका छन्कि अनेकौं तस्वीरसंग नराम्रो व्यवहार गरिदै छ । पोर्नोग्राफी, डीपफेक वा अन्य साइबार क्राइमको लागि यसको प्रयोग भइरहेको छ । पुना प्रहरीले एक ट्वीट गरेर भनेको छकि आफ्नो पार्टनरसंग फोटो पोष्ट गर्नुभन्दा पहिले अलि गम्भिर भएर सोच्ने गरौं नत्रभने सानो मजाकले जीवनमा ठुलो भूइचालो ल्यान कुनैबेर लाग्ने छैन । केहि मान्छेहरुले प्रहरी समक्ष बयान दिएका छन्कि अश्लील वेबसाइट्समा तस्वीर पोष्ट गरेको केस पनि अगाडि आइरहेका छन् । त्यस्तै उत्तर प्रदेश प्रहरी पनि यस अभियानलाई लिएर सक्रिय भएको छ । आगरा प्रहरीले कपल्सहरुलाई सावधानी रहन आग्रह गर्दै प्रेस ब्रीफिंगमै भनेको छ– ‘मान्छेहरुले यस प्रकारको तस्वीर पोष्ट गर्नुभन्दा पहिले सर्तक रहनु अति आवश्यक छ ।’ पछिल्ला केहि वर्षहरुमा भारत र नेपालमा हजारौ मान्छेहरु त्यसमा विशेषगरि महिलाहरुलाई डीपफेक र रिवेंज पोर्न जस्ता साइबर क्राइमको शिकार हुनुपरेको छ । धेरैलाई थाह नहुन सक्छकि डिपफेक के हो ? यसको अर्थ यो हुन्छकि आर्टिफिशियल इंटेलिजेन्स (एआई) को प्रयोग गर्दै कम्प्यूटरबाट तस्वीर र भीडियो बनाईनु । अपराधीले कुनै व्यक्तिको अनुहारलाई कसैको उपलब्ध भिडियो वा तस्वीरमा सुपरइम्पोज गर्दछ । मार्च २०१८ मा अमेरिकी राष्ट्रपति बराक ओबामाकी श्रीमती मिशेल ओबामाको एक फेक भिडियोलाई डीपफेक गरिएको थियो । फेक ऐपको प्रयोग उनको अनुहारलाई एक पोर्न स्टारको अनुहारसंग गाँसिएको थियो । त्यस्तै एक भारतीय अभिनेत्रीको अनेकौं भिडियोलाई पनि यसै टेक्नोलोजीको प्रयोग गरेर अश्लील स्टाट्समा पोष्ट गरिएको थियो । फेक वा एडिटेड तस्वीरको सोशल नेटवर्किङ वा डेटिंङ साइट्समा प्रयोग गरिरहेका मान्छेहरुलाई ब्लेकमेल गर्न, बदला लिन वा धोकाधडी गर्ने नयाँ केसहरु पनि धेरै आइरहेका छन् । व्यक्तिको अनुमतिको बिना उसको अश्लील तस्वीर वा भीडियो बनाउनु वा त्यसलाई इंटरनेटमा पोष्ट गर्नुलाई रिवेंज पोर्न भनिन्छ । साइबर अवराधीले प्रायः मान्छेहरुलाई दुःख दिनका लागि पनि यस्तो कार्य गर्दछ । कपल्स च्यालेन्जको बारेमा धना ओड नाम गरेकी एक बहिनीले सोशल मीडिया कपल्स च्यालेन्जको बारेमा निकै राम्रो बिचार पोष्ट गरेकी छन् ।

यदि वास्तविक रुपमा च्यालेन्ज गर्नु नै छभने माथि उल्लेखित कार्यहरुमा गर्दा राम्रो हुने छ, त्यस च्यालेन्जको चारैतिर सबैले वाहवाही गर्ने छन् । समाजले आफ्नो काँचुली फेर्ने सक्ने छ जसबाट घर–परिवार, समाज, टोल, गाउँ, जिल्ला हुँदै पूरा देशमा सुख–शान्तिको वातावरणको जन्म हुने छ । चारैतिर खुशीयाली नै खुशीयाली छाउने छ र कोही दुःख–कष्टबाट भौतारीनु पर्ने छैन । अतः यही नै हाम्रो जीवनको वास्तविक च्यालेन्ज हुने छ । बनावटी र देखावटी खोक्रो च्यालेन्ज गरेर हामीले केहि पाउने छैनौ, त्यसको साटो दुःखै–दुःख नै भोग्नु पर्ने छ ।

उनले भनेकी छन्– ‘यदि बास्तविक नै कपल्स च्यालेन्ज गर्ने होभने घरमा भएका आफ्ना बुवाआमाको सेवा–सत्कारसंग च्यालेन्ज गर, समाजमा रहेका कुरुती र बिसंगीसंग च्यालेन्ज गर, विधुवा, असाय, दुःखी, अपाङ्गहरुको समस्यासंग च्यालेन्ज गर, नेपालको राजनीतिकमा मौलाउँदै गएको विकृति र बिसंगीलाई जराबाटै उखालेर फाल्ने कार्यसंग च्यालेन्ज गर, देशमा मौलाउँदै गएको भ्रष्टाचार गर्नेहरुलाई पाता कस्ने कार्यलाई अगाडि बढाउने कार्यमा च्योलेन्ज गर ।’

बिज्ञापन
बिज्ञापन

Leave a Reply