विज्ञापन

टीकापुर । कैलालीको लम्कीमा आज दिउँसो एक युवकमाथि चक्कु प्रहार गरिएको छ । विवादका क्रममा चक्कु प्रहार गर्दा लम्कीचुहा नगरपालिका–१ का ३५ वर्षीय शेरबहादुर थापा घाइते भएका थिए । चक्कु प्रहारबाट समान्य घाइते भएका थापाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।
चक्कु प्रहार गरेको आरोपमा सोही ठाउँकै २३ वर्षीय प्रेम रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रावलसंगै रहेका अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । दुई वटा चक्कु, मोबाइल र केही लागुपदार्थ बरामद गरेको लम्की प्रहरीले जनाएको छ ।
विज्ञापन

अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ