विज्ञापन

दिल्ली । साविक विजेता चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जीत निकालेको छ ।
विज्ञापन

मुम्बईमा मंगलवार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई २३ रनले हराउँदै चेन्नईले पहिलो जीत निकालेको हो । चेन्नईले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो ।यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १६ रन जोडेको थियो ।
चेन्नईले पाँचौं खेलमा पहिलो जित निकालेको हो । चेन्नईले यस अघिको चार खेलमा लगातार हार व्यहोरेको थियो । चेन्नईले ५ खेलमा २ अंक जोडेको छ । बैंगलोरको यो दोस्रो हार हो ।बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ ।
विज्ञापन

अन्य समाचारहरु
संसारमा साधु बन्न सजिलो छ तर दास बन्न कठिन छ- नर बहादुर रावल (अध्यक्ष- स.नि.म. नेपाल)
नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पारित
अछाम पहिरोले पुरिदा एकै घरका ३जनाको मृत्यु १ घाइते