
काठमाण्डौ – आफन्तको निधन हुँदा हिन्दु संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरमा रहेको बागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बस्नुभएको छ।
भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बस्नुभएको हो । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ ।

उहाँ गएको १४ वर्षदेखि गाईको संरक्षण गर्दै आउनुभएको थियो । उहाँ विगत नौ दिनदेखि हिन्दु परम्पराअनुसार मानिसको निधन हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बस्नुभएको छ । उहाँले भन्नुभयो ‘गौशालामा पालिएका गाई आफ्नो माता समान हुन् । गाईको सेवा गर्दा आफ्ना विभिन्न रोग निको भएको छ । गाईको सेवामा नै जीवन बिताउने छु ।’
अन्य समाचारहरु
शाश्वत ईश्वरसंग नाता जाडेर मात्र जीवन सुखमय तथा सार्थक बन्दछ– निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराज
शरीरमा शक्ति बढाउने पर्व मकर संक्रान्ति
सुदूरपश्चिमको ‘नरहरी’ पर्व, कागलाई सेलरोटी खुवाउने चलन