विज्ञापन

पुस , २४
ललितपुरको च्यासलामा लुटपाट गर्ने तीन महीला एक पुरुषसहीत चार जनालाई प्रहरीले पक्राउ गरेका छ्न ।
महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार साँझ साढे ५ बजे चार जनालाई पक्राउ गरेको हो।
विज्ञापन

उनीहरूले १३ गते दिउँसो साढे दुई बजेतिर नुवाकोट घर भई च्यासल बस्ने ५७ वर्षीया धनकुमारी ठकुरीको कोठामा लुटपाट गरेका थिए।
यस्तैगरी पक्राउ पर्नेमा ताप्लेजुङकी २८ वर्षीया निर्मला राई, ३० वर्षीया सुस्मिता डिम्डो, २९ वर्षीया लबिन तामाङ र २६ वर्यीय भरत मगर रहेका छन ।
उनीहरूले ठकुरीको कोठामा गई लोभलालच देखाइ दुई वटा सी माला, एउटा पहेँलो पत्थर, एउटा पहेँलो टल्किने धातु र १४ वटा पूराना सिक्का लुटेर लगिएका थिए।
धनकुमारीले लुटपाट गरेको उजुरी परेपछि प्रहरीले खोजी सुरू गरेको थियो। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान जारी रहेको बताएको छ।
विज्ञापन

अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन
संसद भवन नजिकै युवक द्वारा आत्मदाहको प्रयास