विज्ञापन

काठमाडौं । सरकारले विध्वंसात्मक र हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका नेता–कार्यकर्ताको मुद्दा स्थानीय तह निर्वाचनअगावै फिर्ता लिने तयारी गरेको छ ।
विज्ञापन

व्यक्ति हत्या, विस्फोट–आगजनी, चन्दा असुलीलगायत अपराध गरेको अभियोगमा विभिन्न कारागारमा पुर्पक्षमा रहेका करिब ४० जनाको मुद्दा फिर्ता लिन गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।
मुद्दा फिर्ता लिन गृह मन्त्रालयले रायका लागि महान्यायाधिवक्ता कार्यालयमा पत्र पठाइसकेको खुलेको छ ।
स्रोतका अनुसार धनुषाको क्षीरेश्वर र ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको विस्फोट, मोरङको मिक्लाजुङमा शिक्षक अपहरण र हत्या, भोजपुरमा प्रहरीमाथि गोली प्रहारलगायतका अपराधमा जोडिएका व्यक्तिलाई पनि उन्मुक्ति दिन लागिएको छ ।
विज्ञापन

अन्य समाचारहरु
टीकापुर खाने पानीको चुनावीसभा बाट अध्यक्षमा नरेश खत्री विजयी
कैलालीमा एमाले प्रवेश गर्नेको लर्को
प्रचण्ड ४दिने जापान भ्रमणमा