घटना समाचार

‘कोचिङ’ जान स्कुल हिँडेकी कविताको, बाटोमै हत्या

बिज्ञापन

‘कोचिङ’ जान स्कुल हिँडेकी कविताको, बाटोमै हत्या
उदयपुर । ‘कोचिङ’ जान स्कुल हिँडेकी कविताको, बाटोमै हत्या भएको छ । उदयपुरको बेलका नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालयकी १६ वर्षीया छात्रा कविता सुनुवारको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् ।

बिज्ञापन

पक्राउ पर्नेमा कवितासँग एकै कक्षामा अध्ययनरत छात्रा साथी र साथीकै दाजु नाता पर्ने १९ वर्षीय एक युवक छन् । पक्राउ परेका साथीका दाजु भने अर्को विद्यालयमा अध्ययनरत छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा उनीहरूको संलग्नता पाइएको प्रहरीले जनाएको छ ।

कविता रामपुरस्थित कोसी जनता माध्यमिक विद्यालयको कक्षा–१० मा अध्ययनरत थिइन् । कवितालाई ‘कोचिङ’ कक्षा जाऊँ भन्दै उनकै साथी घरमा बोलाउन आएकी थिइन् । प्रहरीले बोलाउन आएकी साथी र उनका दाजुलाई पक्राउ गरेको हो ।

विद्यालय जान हिँडेकी कविता यशोदा खोलामा मृत भेटिएकी थिइन् । उनको शव गाउँलेले देखेका थिए । प्रदेश नम्बर–१ प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले दुईजना पक्राउ परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान जारी रहेको बताए ।

बिज्ञापन