
काठमाण्डौ – धेरै समयपछि नेपाल राष्ट्र बैंकले आजदेखि एक रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ।
एक रुपैयाँको सिक्काको अग्र भागमा सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्ला हुनेछन् । यस्तै, चौसठ्ठी वटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा रि वान र तल्लो भागमा देवनागरी लिपिमा एक रुपैयाँ लेखिएको छ ।

नेपालको नक्साको दायाँतर्फ दृष्टिविहीनले स्पर्श गरेर पहिचान गर्न सक्ने एउटा मोटो थोप्लो रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी सिक्काको पृष्ठ भागमा आठ थोप्लासहितको वृत्ताकार घेराभित्रको वर्गाकार आकृतिलाई वरिपरि चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बीचमा सगरमाथाको आकृति र आकृतिको मुनि अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ ।
अन्य समाचारहरु
ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था ली. ले वर्दिया द्वारा साक्षरता कार्यक्रम सम्पन्न
कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा देश पुग्न लागेकै हो त ?
सहकारी, लघुवित्त र बैंकबारे गम्भीर कदम चाल्दै सरकार