
काठमाडौ । चुनावी तालमेलको प्रक्रिया अघि बढ्दै गर्दा माओवादी केन्द्रका नेताहरु नेपाली काँग्रेसको व्यवहारबाट चिढिन थालेका छन् । यसै क्रममा उनीहरुले काँग्रेसले आफ्नो पार्टीको हैसियतलाई अवमूल्यन गरेका कारण आवश्यकता परे एक्लै चुनावमा होमिन पर्ने निर्देशन कार्यकर्ताहरुलाई दिएका छन् ।
माओवादी नेता हितमान शाक्यले नागार्जुन नगर कमिटीको प्रशिक्षण कार्यक्रमलाई हिजो सम्बोधन गर्दै काँग्रेसको अवहेलना सहेर बस्न नहुने बताएका हुन् । उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘गठबन्धनमा नेपाली काँग्रेसबाट धेरै नै अपहेलनाको महसुस भइरहेको छ । यदि सबैले विन विन (सबैको जीत) को अवस्था महसुस नगर्ने हो भने गठबन्धन र तालमेलको कुनै आवश्यकता छैन ।’
शाक्यले त्यसो भनिरहँदा गडगडाहट ताली बजेको सहभागी एक जना कार्यकर्ताले बताए । नेपाली काँग्रेसले जहाँ पनि आफ्नै बर्चश्व कायम राख्न खोजेपछि माओवादी नेता तथा कार्यकर्ताहरु रुष्ट देखिएका हुन् । त्यसैले शाक्यले आफ्नो भनाइको क्रममा भने, ‘ आवश्यक पर्यो भने एक्लै पनि निर्वाचनमा जान सकिन्छ । त्यसो हुँदा सजिलैसँग जित्न सकिन्छ । त्यसको लागि पनि तपाईंहरु तयार रहेर बस्नोस् ।’

अन्य समाचारहरु
रवि लामिछाने अयोग्य पछी आफू विजयी भएको दावी गर्दै निर्वाचन आयोग
राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने
रविलाई ओलीको जवाफ : जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ