राष्ट्रिय समाचार

कांग्रेसका भ्रातृ संस्थाहरूको विधान यस्तो बन्यो
अधिवेशनबारे नयाँ व्यवस्था

बिज्ञापन

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको विधानको टुंगो लगाएको छ । कांग्रेस सचिव केशव रिजालले माघ २७ देखि फागुन ३ सम्म बसेको कार्यसम्पादन समितिको सुझावसमेत समेटेर केन्द्रीय कार्यालयले विधानलाई अन्तिम रूप दिएको बताए । उनले सबै विधानको टुंगो लागेको बताएका छन् ।

बिज्ञापन

नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल किसान संघ र नेपाल प्रजातन्त्र सेनानी संघ तथा शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको प्रस्तावित विधान टुंगो लगाएको रिजालले बताएका छन् ।

विधान अध्ययन गरी एकरूपता दिएर पारित गरिएको छ । सबै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशनको समयावधि तीन वर्ष राखिएको छ । कांग्रेसले नयाँ विधानअनुसार भ्रातृ संस्थाको अधिवेशन प्रक्रिया सुरु गर्दैछ ।

फागुन मसान्तभित्र निष्क्रिय अवस्थामा रहेका भ्रातृ संस्थाका तदर्थ समिति निर्माण गर्दैछ । तीन महिनाभित्र १० वटा भ्रातृ संस्थाको महाधिवेशन गर्नुपर्ने चुनौती छ । नेपाल दलित संघको महाधिवेशन प्रक्रियामा छ ।

केन्द्रीय सदस्य एनपी साउँदको नेतृत्वमा बनेको भ्रातृ एवम् शुभेच्छुक संस्था विधानको मापदण्ड निर्धारण तथा एकरूपता समितिले पेस गरेको प्रतिवेदन अध्ययन गरी आगामी बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।

बिज्ञापन