काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा भरसक कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।

शनिबार नेविसंघ इलाम–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले कांग्रेसले देश र जनताका लागि गरेको योगदानको वास्तविक परीक्षण गर्न पनि एक्लै प्रतिस्पर्धामा जानुपर्नेमा जोड दिए ।
सत्ता गठबन्धनबीच निर्वाचनमा तालमेल नभए नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सहकार्य हुन सक्ने खतरा रहेको पार्टी सभापतिको चिन्ता स्वाभाविक रहेको उनले बताए ।
उनले मुलुकको निर्वाचन खर्च महँगो हुँदै गएको पनि बताए । यसअघि आफ्नो चुनावी खर्च नै ६ करोड रुपैयाँ भएको भन्दै खर्च घट्नुपर्ने मान्यता रहेको धारणा राखे ।
अब निर्वाचन जित्न कम्तीमा छ/सात करोड खर्च गर्नुपर्ने देखिएकाले आफ्नो क्षेत्र नवलपरासीमा कांग्रेसका अरू कसैले निर्वाचन लड्न चाहेमा छाड्न तयार रहेको उनको भनाइ थियो ।

अन्य समाचारहरु
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन चीन सहयोग गर्न तयार छ: अग्नि सापकोटा
प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा पदीय मर्यादाको उल्लंघन गरे: भीम रावल