राजनीति

काँग्रेस, एमाले र माओवादीबाट देश बन्छ भन्नु साँढेले दूध दिनुजस्तै हो : लिङ्देन

बिज्ञापन

काठमाडौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस एमाले र माओवादीलाई भोट दिएर देश बन्छ भन्नु साढेको टाङ मुनि बाल्टी थापेर दुध आउँछ भनेजस्तै भएको बताएका छन् । शुक्रबार काठमाडौमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले फेरि पनि उनीहरुलाई भोट दिनु भनेको देश वर्वाद गर्नु रहेको बताए ।

बिज्ञापन

‘कि अहिले पनि विद्यमान पार्टीहरूलाई भोट दिएर देश बन्छ भन्नु साँढेको टाङमुनि बाल्टी थापेर दुध आउछ भन्नुजस्तै हो । सिर्कना ठोकेर र दाना दिएर केही गरेर पनि आउदैन’, लिङ्देनको भनाइ छ । अध्यक्ष लिङ्देनले एक वर्षको बीचमा हुने तीनवटै निर्वाचनमा उनीहरुका बाकस खाली गरेर देखाउन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

उनले काँग्रेस, एमाले र माओवादीका गाउँघरका कार्यकर्ताहरूले नै उनीहरुकै पार्टीका नेताहरुलाई चोर, भ्रष्ट र बदमास भएको बताउने गरेको पुन दोहोर्याएका छन् । शुक्रबार खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले काँग्रेस एमाले र माओवादीका नेताहरुले नै देश बिगारेको दावी समेत गरे ।

‘मैले गाउँघरमा जाँदा धेरै काँग्रेस, एमाले र माओवादीका मित्रहरूसँग भेट्छु । उहाँहरुले भन्नुहुन्छ– राजेन्द्र कुरा तिमीहरूको ठिकै छ । नेता हाम्रो भन्नुमात्रै नेता चोर पो हुन् बदमास नै हुन् भ्रष्ट हुन्’, लिङ्देनले भने, ‘तर के गर्छौ राजेन्द्र रु हाम्रो बाउबाजेको पालादेखिको पार्टी हो । विद्यार्थीदेखि लागेको पार्टी, पुलिसको कुटाइ खाइयो तर के गर्नु भोट दिने बेलामा आफ्नो चिन्हभन्दा अन्त जाँदै जाँदैन ।’ उनले अव राष्ट्रिय प्रजातन्त्र पार्टीले ओखती लिएर आएको भन्दै यो ओखती एउटा पार्टीको मात्रै कुरा नभएको बताए । ‘राप्रपाले लिएको मुद्दा देश बचाउने मुद्दा हो’, लिङ्देनले भनाइ छ

उनले काँग्रेस एमाले र माओवादीलाई कति हेरेपछि, कतिपटक प्रधानमन्त्रीको म्याद थपेपछि देश बन्छ होला रु भन्दै उनले यीनै पार्टीका नेतालाई भोट दिएर देश बन्छ भन्नु भनेको देश बर्बाद गर्नु भएको बताए ।

बिज्ञापन