सहयोग तथा उदार

महालक्ष्मी विकास बैंकद्वारा सुर्खेतका विद्यार्थीलाई झोला वितरण

बिज्ञापन

सुर्खेत। महालक्ष्मी विकास बैंकले सुर्खेतको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको छ।

बैंकको सुर्खेत शाखाले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको उक्त विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको हो ।
बयलकोटीले कमजोर आर्थिक अवस्था भएका विद्यार्थिलाई झोला वितरण गरिनुले दैनिक पठनपाठनमा सहजता हुने आशा गरेको बताए । उनले सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु बैंकले अझै प्रभावकारी रुपमा संचालन गर्ने पनि जानकारी दिए ।

यस बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् ग्राहकहरुलाई वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

बिज्ञापन
बिज्ञापन