बिश्वमनोरञ्नलेख

कपल्स च्यालेन्ज र यसको नकारात्मक प्रभाव

बिज्ञापन

स्मार्ट फोनको आविष्कार भएयता सोसल मीडियामा अनेकौं कुराहरु पोष्ट गर्न सजिलो भएको छ । कुनैपनि आफ्नो व्यक्तिगतदेखि सामाजिक गतिविधिका कृयाकलाप अथवा (म्यासेज) लाई जानकारीकारी गराउनु छभने सोसल मीडियामा पोष्ट गरिदिदा हुन्छ । एक सेकेण्ड मै त्यो म्यासेज विश्वभरि भाइरल हुन जान्छ, पहिलेको जस्तो हप्तौं वा महिनौं हुलाकीको बाटो पर्खनु पर्दैन । त्यसको लागि मात्र चाहिन्छ स्मार्ट फोन । मोबाईलको बजारमा आएको प्रतिस्पर्धाबाट स्मार्ट फोनहरु निकै सस्ता भएका छन्, जसले गर्दा एक फोहोर उठाउने गरीबदेखि अरबपतिको हातमा अनेक प्रकारका स्मार्ट फोनको प्रयोग गरिरहेको देख्न पाईन्छ

सोशल मीडियाको कुरा गर्दा आजभोलि ‘कपल च्यालेन्ज’ पोष्ट गर्नेहरुको होड नै देखिन्छ । चाहे ती बयस्क युवा–युवती हुन वा ६० वर्ष नाघेका बृद्धा दम्पति किन नहुन । सबैले आफू र आफ्नो पार्टनरको जोडीलाई सोसल मीडियामा पोष्ट गर्नुमा व्यास्त भएको देखिन्छन् । तर, यसको भविष्यमा कस्तो परिणाम आउला भनेर यसतिर कसैको ध्यान गएको पाइदैन् ।

कपल्स हैशटेगका साथ आफ्नो तस्वीर वा एक–अर्कासंग ¥यापिड फायर प्रश्नोत्तरको भीडियो इंस्टाग्राम, फेसबुक र ट्विटरमा अनेकौ सोशल साइट्समा पोस्ट गरिरहेका छन् । एक भारतिय न्यूज ऐजेन्सीका अनुसार इंस्टाग्राममा मात्र ४० हजारभन्दा धेरैले आफ्नो तस्वीर र छोटो समयको भिडियोलाई पोष्ट गरिसकेका छन् । यसो हेर्दा वा पढ्दा यो च्यालेन्ज निकै राम्रो लाग्ने गर्छ तर भारत र नेपालमा साइबर एक्सपर्ट र प्रहरीहरुले यसबाट सावधान रहन अपील गरेका छन् । यसको बारेमा भारतमा दिनहुँ धेरै गुनासाहरु पनि आइरहेका छन् ।

धेरैलाई कपल्स च्यालेन्ज के हो भन्ने बारेमा थाह नहुन पनि सक्छ । आउनुहोस त्यसको बारेमा अलिकता चर्चा गरौं । सामान्य अर्थमा भन्नुपर्दा आफूसंग आफ्नो पार्टनरको तस्विरलाई सोशल मीडियामा पोष्ट गर्नुलाई कपल्स च्यालेन्ज भनिन्छ । कपल्स च्यालेन्जको हैशटेगका साथ हजारौं मान्छेहरु इंस्टाग्राम, फेसबुक र ट्विटरमा कपल्सका फोटाहरु पोष्ट गरिरहेका छन् । यस ट्रेडलाई लिएर संकडौं मीम पनि आइसकेका छन्, जहाँ सिंगल मान्छेले कुनै सेलिब्रेटीको तस्वीरलाई फोटोशेसनको माध्यमबाट आफ्नो तस्वीरसंग जोडेर पोष्ट गरिरहेका छन् । यति मात्र होइन केहि एक्लो भएकाहरुले त यस ट्रेडको प्रयोग आफ्नो एक्लोपनलाई मजाकको हिसाबमा देखाउनको लागि पनि गरेका छन् ।

बिज्ञापन

महाराष्टको नागपुर प्रहरी ‘ल इनफ्रोसमेन्ट अथोरिटी’ ले यस अभियानको प्रयोग कोभिड–१९ को महामारीलाई लिएर जागरुक बढाउनको लागि पनि गरेको छ । प्रहरीले एक ट्वीट गरेर भनेको छ– ‘यदि राम्रो कपल्स बनेर देखाउनु छभने महामारीको दौडमा मास्क नै सबैभन्दा राम्रो कपल हुनसक्छ । यस मास्क कपल्सले मान्छेको प्राणलाई कोरोनाको मुखमा जानबाट बचाउनुको साथै र प्राणको रक्षा गर्ने छ ।
यस इंटरनेट कपल्स च्यालेन्जले प्रहरीको ध्यानलाई पनि आकर्षित गरेको छ । यसमा अनेकौं गुनासाहरु उनीहरुलाई प्राप्त भइरहेका छन् । प्रहरीले भनेका छन्कि अनेकौं तस्वीरसंग नराम्रो व्यवहार गरिदै छ । पोर्नोग्राफी, डीपफेक वा अन्य साइबार क्राइमको लागि यसको प्रयोग भइरहेको छ । पुना प्रहरीले एक ट्वीट गरेर भनेको छकि आफ्नो पार्टनरसंग फोटो पोष्ट गर्नुभन्दा पहिले अलि गम्भिर भएर सोच्ने गरौं नत्रभने सानो मजाकले जीवनमा ठुलो भूइचालो ल्यान कुनैबेर लाग्ने छैन ।

केहि मान्छेहरुले प्रहरी समक्ष बयान दिएका छन्कि अश्लील वेबसाइट्समा तस्वीर पोष्ट गरेको केस पनि अगाडि आइरहेका छन् । त्यस्तै उत्तर प्रदेश प्रहरी पनि यस अभियानलाई लिएर सक्रिय भएको छ । आगरा प्रहरीले कपल्सहरुलाई सावधानी रहन आग्रह गर्दै प्रेस ब्रीफिंगमै भनेको छ– ‘मान्छेहरुले यस प्रकारको तस्वीर पोष्ट गर्नुभन्दा पहिले सर्तक रहनु अति आवश्यक छ ।’

पछिल्ला केहि वर्षहरुमा भारत र नेपालमा हजारौ मान्छेहरु त्यसमा विशेषगरि महिलाहरुलाई डीपफेक र रिवेंज पोर्न जस्ता साइबर क्राइमको शिकार हुनुपरेको छ । धेरैलाई थाह नहुन सक्छकि डिपफेक के हो ? यसको अर्थ यो हुन्छकि आर्टिफिशियल इंटेलिजेन्स (एआई) को प्रयोग गर्दै कम्प्यूटरबाट तस्वीर र भीडियो बनाईनु । अपराधीले कुनै व्यक्तिको अनुहारलाई कसैको उपलब्ध भिडियो वा तस्वीरमा सुपरइम्पोज गर्दछ ।

मार्च २०१८ मा अमेरिकी राष्ट्रपति बराक ओबामाकी श्रीमती मिशेल ओबामाको एक फेक भिडियोलाई डीपफेक गरिएको थियो । फेक ऐपको प्रयोग उनको अनुहारलाई एक पोर्न स्टारको अनुहारसंग गाँसिएको थियो । त्यस्तै एक भारतीय अभिनेत्रीको अनेकौं भिडियोलाई पनि यसै टेक्नोलोजीको प्रयोग गरेर अश्लील स्टाट्समा पोष्ट गरिएको थियो ।

फेक वा एडिटेड तस्वीरको सोशल नेटवर्किङ वा डेटिंङ साइट्समा प्रयोग गरिरहेका मान्छेहरुलाई ब्लेकमेल गर्न, बदला लिन वा धोकाधडी गर्ने नयाँ केसहरु पनि धेरै आइरहेका छन् । व्यक्तिको अनुमतिको बिना उसको अश्लील तस्वीर वा भीडियो बनाउनु वा त्यसलाई इंटरनेटमा पोष्ट गर्नुलाई रिवेंज पोर्न भनिन्छ । साइबर अवराधीले प्रायः मान्छेहरुलाई दुःख दिनका लागि पनि यस्तो कार्य गर्दछ ।

कपल्स च्यालेन्जको बारेमा धना ओड नाम गरेकी एक बहिनीले सोशल मीडिया कपल्स च्यालेन्जको बारेमा निकै राम्रो बिचार पोष्ट गरेकी छन् । उनले भनेकी छन्– ‘यदि बास्तविक नै कपल्स च्यालेन्ज गर्ने होभने घरमा भएका आफ्ना बुवाआमाको सेवा–सत्कारसंग च्यालेन्ज गर, समाजमा रहेका कुरुती र बिसंगीसंग च्यालेन्ज गर, विधुवा, असाय, दुःखी, अपाङ्गहरुको समस्यासंग च्यालेन्ज गर, नेपालको राजनीतिकमा मौलाउँदै गएको विकृति र बिसंगीलाई जराबाटै उखालेर फाल्ने कार्यसंग च्यालेन्ज गर, देशमा मौलाउँदै गएको भ्रष्टाचार गर्नेहरुलाई पाता कस्ने कार्यलाई अगाडि बढाउने कार्यमा च्योलेन्ज गर ।’
यदि वास्तविक रुपमा च्यालेन्ज गर्नु नै छभने माथि उल्लेखित कार्यहरुमा गर्दा राम्रो हुने छ, त्यस च्यालेन्जको चारैतिर सबैले वाहवाही गर्ने छन् । समाजले आफ्नो काँचुली फेर्ने सक्ने छ जसबाट घर–परिवार, समाज, टोल, गाउँ, जिल्ला हुँदै पूरा देशमा सुख–शान्तिको वातावरणको जन्म हुने छ । चारैतिर खुशीयाली नै खुशीयाली छाउने छ र कोही दुःख–कष्टबाट भौतारीनु पर्ने छैन । अतः यही नै हाम्रो जीवनको वास्तविक च्यालेन्ज हुने छ । बनावटी र देखावटी खोक्रो च्यालेन्ज गरेर हामीले केहि पाउने छैनौ, त्यसको साटो दुःखै–दुःख नै भोग्नु पर्ने छ ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply