23/09/2021

मालिका समाचार

देशको ऐना

दिनानुदिन अव्यवस्थित नालीमा खस्दै राष्ट्रिय जनावर (गाइ)

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

टीकापुर ,९ भदौ
सत्ती भन्सार जोड्ने सडकको टीकापुर नगरपालिका भित्र अव्यवस्थित नाली तथा सडक निर्माणकार्य ढिलाइका कारण दिनानुदिन गाइ हरु नालीमा फस्न थालेका छन।

देशको राष्ट्रिय जनावर समेत रहेका गाइ लगायत तथा गोरु हरु क्षेत्रमा छाडा पशुको एउपमा रहेको लामो समय भैसकेको छ।बुधबार टीकापुर नगरपालिका १ टीकापुर खक्रोला सडक खण्डमा बिद्धुत प्राधिकरणको कार्यलय अगाडि एउटा गाइ नालामा खसेको अवस्थामा स्थानीय हरुले बचाउन सफल भएका छ्न उक्त सडकमा सार्वजनिक भएका मध्य यो चौथो घटना हो। यसको वयवस्थापनको निम्ति टीकापुर नगरपालिकाले हरेक आर्थिक बर्ष १५ लाख छुट्याउने गरेको भएपनि पुर्ण वयवस्थापन भने हुनसकेको छैन।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।
तस्बिर धनन्जय ढुंगाना

टीकापुर नगरपालिकाको विभिन्न क्षेत्रमा घरबास पछि बचेको जग्गामा सामान्य मकै तथा तरकारी लगाएको भएपनि त्यो कुरा भने खुला छोडिएक चौपाया हरुले खाएर जाने गरेको छ।
दुध दिदा सम्म गाई पाल्ने र जोत्ने बेला मात्रै गोरु पाल्ने र बाकी समय सडकमा छोडिदिने गरेका कारण यस्तो समस्य आएको हो।

विज्ञापन