08/12/2021

मालिका समाचार

देशको ऐना

नेकपा एमालेको महाधिवेशन र उम्मेदवारी

नेकपा एमालेको महाअधिवेशन सन्दर्भमा दिपक बस्याल लेख्नु हुन्छ
विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

पार्टीको सिद्धान्तको कुरा गरौ वा प्रजातन्त्रको, हरेक हिसाबले महाधिवेशनले प्रतिस्पर्धा स्विकार्छ, यस मानेमा पनि भिम रावलको उम्मेदवारी गलत छैन।
तर हिजोका केहि तिता सत्य नियाल्दा भने भिम रावलको उम्मेदवारी गलत नै हो।

पहिलो र दोश्रो, दुबैपटक माधव नेपाललाइ उचाल्नेहरु लगाएत र उनको प्यानलका मानिनेहरुले आफ्नै पार्टीको अध्यक्षको नेतृत्वमा बनेको सरकारलाई बिश्वासको मत नदिदा ओलि सरकार अल्पमतमा परेको थियो,भने सर्वोच्चमा उपस्थिती नै जनाएर मुद्दा हाल्ने पनि यिनिहरु नै थिए.

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

यद्यपि माधवकुमार नेपालको सिङ्गो प्यानल पार्टी बिभाजनको पक्षमा भने थिएन भन्ने कुरा प्रमाणीत गर्न मुख्य पद सहित मन्त्री हुने अवसर छोडेर बसेका योगेश भट्टराई, सुरेन्द्र पाण्डे लगाएत जस्ता नेतालाइ हेरे पुग्छ।
तर माधवकुमार नेपाललाई छोडेर बसेपनि उन्कै लक्षण र शैली लिएर बसेका नेता भिम रावल र घनश्याम भुषाल हुन भने रावल चाहिँ आगामी महाधिवेशनमा अध्यक्ष पाउन सक्छु भन्ने मात्रै कारणले उनी एमालेमा बसेका त थिएनन भन्ने आम कार्यकर्तामा जिज्ञासा र सन्का रहेकै बेला एकाएक उन्ले अध्यक्ष पदमा उम्मेदवारी दिनुलाइ धेरै अर्थमा सन्काको नजरले हेर्न सकिन्छ।

अहिलेको अवस्थामा उनिले अध्यक्ष जित्ने भन्नेकुरा कल्पना भन्दा पनि बाहिरको कुरा हो, तरपनि उनिले किन अध्यक्ष पदमा उम्मेदवारी दिए त?
हुनसक्छ उनिले वरिष्ठ पदको लागि बार्गेनिङ गरेका हुन, यदि यसो भने राम्रो कुरा हो अध्यक्षका दावेदारलाइ सहमति गरे एक वरिष्ठ स्थान दिनुपर्छ तर भोटिङ्ग गए हार्छन, सो पश्चात् जित्नेले वरिष्ठ अरुलाइ बनाएर जानुपर्छ.
तर आज भिम रावललाइ वरिष्ठ पद दिनुपर्छ भन्दै गर्दा, आज एमाले कस्का कारणले रह्यो/बच्यो? भन्ने कुरा सतहिमा गएर बुझ्नु जरुरी छ।

३०% बढी एमालेका खम्बा भनिनेहरु लगभग सरकारको विरुद्धमा थिए भने बाकी केही अलमलमा बसेका थिए तर सो कठिन परिस्थितिमा अध्यक्ष ओलिलाइ साथ दिदै मर्नै परे एमाले रहेरै मर्छौ भनेर अध्यक्ष ओलिसङ्ग काँधमा काँध जोडेर हिड्नेहरु बिष्णु पौडेल, प्रदीप ज्ञवाली, बिष्णु रिमाल,शंकर पोख्रेल,लालबाबु पण्डित, खगराज अधिकारी,पृथ्वी सुब्बा गुरुङ, ईश्वर पोख्रेल, लेखराज भट्ट, राम बहादुर थापा बादल, गोकुल बास्कोटा, पध्मा अर्याल लगाएतका नेताहरुलाइ भने यो अधिवेशनले सम्मानित गर्नै पर्छ।

आज यी नेताहरुले ओलिको साथ नदिएको भए के हुन्थ्यो होला स्थिति,आँकलन गरौ त!
हो त्यस अर्थमा कठिन परिस्थितिमा आफू पनि नडगमगाइ, नेतृत्वलाई नडगमगाउन ढाडस दिदै सबैखाले बाधा खेप्दै एमाले पार्टीको पक्षमा उभिएकाहरुलाइ यो वा त्यो बहानामा अहिलेको महाधिवेशनले यी योद्धा हरुलाइ पाखा लगाउने कार्य गल्तीले पनि नगरोस।

कुनै एक कार्यक्रममा भिम रावल/घनश्याम भुषालले भन्नू भएको थियो, अध्यक्ष ज्यु हामिलाइ कारवाही स्वरुप एक दिन भएपनी निलम्बन गर्नुस भनेर भनेकै हौ तर उहाँले मान्नु भएन।
यानिकी उहाँहरुलाइ पनि आफुहरुले गल्ती गरेकै कारण पार्टी टुक्रीन पुग्यो भन्ने महसुस भएछ भने नेतृत्वमा रहेका ओलिले पनि पार्टी भित्रको बिद्रोहलाई कसैले अन्यत्र मोडिदिएर पार्टी बिभाजन भएको तर उहाँहरु पार्टी टुक्रीदापनी एमालेमै रहेकोले बिगतका कुनै रिसराग नरहेकोले अब हामी मिलेर जाऔ र पार्टीलाई पुन अझ बलियो बनाउने दिशा तर्फ लैजाऔ भनेको कुरा धेरै संचार माध्यमबाट सुनियो।

तेत्रो सन्कटमा एमालेकै पक्षमा रहेका नेता कार्यकर्ता सबैको चाहाना फेरि एक पटक अध्यक्षमा केपि शर्मा ओलि नै रहने भन्ने रहेको छ भने अहिलेको देश र जनताको माग पनि सोही रहेको छ।
यो कुरा भिम रावलले मनन गर्नुपर्ने देखिन्छ , त्यसैले यी सबैको चाहाना र देशको आवस्यकता मनन गरेर ससम्मान आफ्नो उम्मेदवारी फिर्ता लिएर, सहमति मै अध्यक्ष चयन गरेर पार्टी भित्र अब कुनै गुट नरहेको भन्ने सन्देश प्रमाण दिनुपर्ने बेला हो अझ भन्नुपर्दा रावल लगाएतको लागि यो महाधिवेशन अग्नि परिक्षा हो।
यदि रावल पदको लालचमा बसे भने, उन्ले कार्यकर्ता माझ बचेको आफ्नो बिश्वास र समर्थनपनि गुमाउने छन।
आशा छ कमरेड भिम रावलेले आम एमाले समर्थकको नजरमा गिर्ने छैनन भन्नेमा।

रावल जस्तै अथवा उनिभन्दा सिनियर नेताहरु पनि अहिले देश र जनताको माग केपि ओलि नै रहेकोले उहाँ नै अध्यक्ष बन्नुपर्छ, भनेर भनेर बसिरहको बेलामा रावलले एकाएका उम्मेदवारी दिए, देशको विषम परिस्थितिमा देशको माग सम्बोधन गर्ने जिम्मा रावलको पनि पर्छ, त्यसैले राजनीतिलाई सत्ता स्वार्थ मात्रै नराखी देशको माग सम्वोधन गर्नु हुन आम एमाले कार्यकर्ता अनुरोध गर्दछौ।
यद्यपि रावलले उम्मेदवारी फिर्ता नलिएपनी यो पटकको अध्यक्ष मात्रै केपि शर्मा ओलि हुन, उहाँको विकल्प अहिले अन्य कोहि हुनै सक्दैन, यहि नै सच्चा एमाले नेता कार्यकर्ताको माग र बुझाइ हो। लेखक :प्रवासी नेपाली सम्पर्क मंच युएईका पुर्ब सल्लाहकार हुनुहुन्छ

विज्ञापन