27/01/2022

मालिका समाचार

देशको ऐना

भीम रावलको गृह जिल्लाका लोकप्रिय नेता जैसी माथी पार्टीले गर्‍यो अन्याय

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

अछाम २७ मंसिर नेकपा एमाले को दशौं राष्ट्रिय महाअधिवेश पछि एमालेका कुशल संगठक हरु ओलिको कार्य प्रति तिब्र असंतुष्ट हुदै विकल्प खोज्दै थालेका छ्न।

अछाम जिल्लाको मेल्लेख गाउपालीकामा सोमबार आयोजित भेलामा निबर्तमान उपाध्यक्ष,पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री डा.भीम ले सम्बोधन गर्दै गर्दा डा.भीम रावल जिन्दावाद,राष्ट्रवादी नेता जिन्दावाद समेतका नाराहरु लामो सम्म घन्किएका थिए।

विज्ञापन
आफूले उपभोग गरेको खानेपानीको महशुल समयमै बुझाऔ, बिलम्ब शुल्क तिर्नबाट बचौं,——— पानीका पाईप तथा संरचनाहरूको सुरक्षा हामी सबैको दायित्व हो !———खानेपानीले प्रवाह गर्ने सेवा सुबिधा सम्बन्धि कुनै जिज्ञासा, सुझाव तथा गुनासो भए कार्यालयको टेलिफोन नम्बर ०९१-५६१४४९ मा सम्पर्क गरौ !!

अहिले केन्द्रिय कमिटीले बाडफाड गरिएको जिम्मेवारी अत्यन्तै असन्तुलन रहेको र आगामी दिनमा यसरी नै सबै लाई नसमेटेर एकपक्षीय ढंगले जाने हो भने देश,जनता र पार्टी प्रति बितिष्णा बढने कुरा उल्लेख गर्दै सवैले अन्याय र गलत कुराको बिरोध गर्नु पर्ने कुरामा जोड दिए।

लामो समय सम्म पनि अछामी जनताको सेवामा समर्पित,पार्टीका निष्ठावान व्यक्तित्व र जनताका लोकप्रीय सिनियर नेता कृष्ण प्रसाद जैसी लाई पार्टीको केन्द्रिय सदस्य को लिष्टमा नदेख्दा समंग्र अछाम जिल्ला र अझै जैसीको जन्म स्थान मेल्लेख गाउँपालिका का वासिन्दा निकै रुष्ट भएर पार्टी प्रति कडा रुपले आक्रोश पोखेका थिए।

अछामको कम्युनिष्ट आन्दोलन लाई शिखरमा पुर्‍याउने,सदैब जनता र राष्ट्र प्रति उत्तरदायित्व भूमिका निर्वाह गर्दै आएका,अँध्यारो अछाम लाई प्रकाश छर्ने र दियो बालेर गोरेटो देखाउने,अछाम जिल्ला भित्र विकटताका बिम्बहरुले भरिएका गाउँ,वस्तिहरुको विकास र विस्तारमा ध्यान दिने कर्तव्यनिष्ट नेता लाई भूमिका विहिन बनाउदा कार्यकर्ता सहेर न बस्ने र यो गल्ती सुधार नगर्ने हो भने आगामी दिनमा पार्टीले ठुलो मुल्य चुकाउनु पर्ने कुरा आम कार्यकर्ताको पंक्ति बाट जोडदार रुपले आवाज उठिरहेको छ।

पार्टीको दशौं राष्ट्रिय महाअधिवेशनमा ओलीले एकोहोरो आफ्नो प्यानलमा पर्नु पर्ने व्यक्तिहरुको लिस्ट सार्वजनिक गरेपछि हरेक मापदण्डले पुरा भएका तर ओलीले सार्वजनिक गरेको लिस्टमा नपरेका नेताहरुले आ-आफ्नो इच्छा भएको ठाउँमा उम्मेद्बारी दिएका थिए। यसरी उम्मेद्बारी दिएर फिर्ता गरिसके पछि पनि तिनीहरुलाई मत नदिने लिस्टमा कृष्ण प्रसाद जैसीको नाम समेत राख्न लगाएका थिए। निर्वाचन हुनुपूर्व पार्टी अध्यक्ष लाई भेटदा अध्यक्षले केहि गल्ती भएको छ त्यसलाई करेक्शन गर्ने र विविध कारणले छुटेका नेतालाई मनोनीत गरेर अगाडी बढ्ने आश्वासन दिएपछि उम्मेद्बारी फिर्ता गरेको र फिर्ता गरिसके पनि पुनः उमेदवारको लिस्टमा मत नदिने लिस्ट सार्वजनिक गरि मनोगत ढंगले पछि पार्ने काम गरिएको एक नेताले बताए।

खुरापाती,चाप्लुसी र चम्चागिरीको सधैं विरोध गर्दै आफुले पार्टीको विधि र पद्धति प्रति बिश्वास गरियाे त्यसैले मनोनीतको लिष्टमा पर्न सकियन।फ़ेरि पनि पुनर्विचार नहुने हो भने अब जुनियर र क्षमता नभएका व्यक्तिको कार्यकर्ता बन्न नसक्किने र विकल्प खोज्नु पर्ने वेला आउन सक्छ भन्दै नेतृत्व प्रति जैसी ले खेद प्रकट गरेका थिए।

विज्ञापन