23/09/2021

मालिका समाचार

देशको ऐना

नेकपा एमाले केन्द्रिय कमिटी बैठक बस्दै बिभाजनमा लागेकालाई कार्वाही गर्ने

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

काठमाडौ नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज दिउँसो बस्ने भएको छ।

ललितपुर स्थित तुलसीलाल श्रेष्ठ स्मृति प्रतिस्ठानमा आज बस्ने केन्द्रीय कमिटीको बैठकमा एमाले बिभाजनतिर लागि पार्टी लाई आघात पुर्याउने पक्षमा लागेकाहरुलाई कार्बाही अगाडि बढाउने हिसाबले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसा १२ बजे बैठक बोलाउनु भएको पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी गराउनु भयो।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

पार्टी एकताको पक्षमा भएको १० बुँदे सहमति कार्यान्वयनको अर्काे सहमति भएपछि माधव नेपाल पक्षका अन्य केहि नेताहरु एमालेमै फर्केपछि आज पहिलो पटक एमाले केन्द्रीय कमिटीको बैठक बस्न थालेको हो ।

ललितपुर च्यासलस्थित रहेको तुलसीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानमा बस्ने उक्त बैठकमा पार्टी विभाजनको पक्षमा उभिएका सबै केन्द्रीय सदस्यको कारबाही प्रक्रिया अगाडि बढाउने १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा पार्टीका सबै तहका अधिवेशन बारे पनि बैठकमा छलफल हुने कार्यालय सचिव तामाङले जानकारी दिनु भयो ।

माधव नेपाल पक्षले हिजै निर्वाचन आयो पुगि नेकपा एकिकृत समाजबादी पार्टीको दर्ता प्रमाण पत्र हातपारेपछि नेकपा एमाले बाट सदाको लागी अलग भएको प्रमाणित भएको छ। चाडै शेर बहादुर नेतृत्वको सरकारमा जाने हतार भएको देखिन्छ ।

विज्ञापन