07/12/2021

मालिका समाचार

देशको ऐना

1

युवराज बास्कोटाले गरे आफ्नो एमाले केन्द्रिय सदस्य उम्मेद्बारी घोषणा

पार्टी अध्यक्ष निकट मानिने युवराज बासकोटा प्रखर वक्ता संगै विवेकशील व्याक्तित्व हुन।
विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

काठमाडौ ,नेकपा एमालेको जनबर्गिय संगठन प्रवासी नेपाली संघ भारतको ७ औं सम्मेलनमा महासचिवमा निर्वाचित भएका युवराज बास्कोटाले पार्टीको आसन्न १०औ अधिवेशनमा केन्द्रिय सदस्यमा आफ्नो उम्मेद्बारी दिने घोषणा गरेका छन बास्कोटाले उम्मेद्बारी दिएको दोस्रो पटक हो ।

यस अघि पार्टीको ९ औ राष्ट्रियमहाअधिवेशनमा झिनो मतान्तरले पछि परेका युवा नेता युवराज बास्कोटाले यसपटक पनि नेकपा (एमाले)को केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको मालीका समाचार लाई बताए । बास्कोटा सम्पन्न उक्त महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवार थिए । प्रवास बाट स्वदेश फर्के यता ८ वर्ष देखी निरन्तर देशभित्रको पार्टी काममा जोडिएका छन ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

अध्यक्ष ओलीको राजनीतिक–बैचारिक लिगेसीमाथि उभिएर खरो तर्क गर्ने प्रखर नेताका रूपमा गनिन्छन् ।
आउँदो १० देखि १२ सम्म चितवनमा हुने एमालेको १० औँ राष्ट्रिय महाविशेनमा नेता बास्कोटाले खुल्ला अथवा भूगोल कुनै पनि एउटा क्षेत्रबाट केन्द्रीय सदस्यमा लड्ने भएका हुन् ।
नेपाली कम्युनिष्ट आन्दोलनले प्रयोग र विकास गरेको नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त– जनताको बहुदलीय जनवादले पहलकदमी र प्रतिस्पर्धाको अवस्था बाट सर्वश्रेष्ठता आर्जन गर्ने कुरालाई खरो रुपले उठाए पनि परस्पर संवाद र सहमति पनि लोकतान्त्रिक आचरण, चरित्र र यसको अभिन्न अंगका रूपमा विकास भएको ठान्ने बासकोटा । आफू केन्द्रीकृत अभिव्यक्ति स्वयंमा सहमतिको बाधक हो भन्दै प्रतिनिधि चयनको प्रक्रियामा समेत आकांक्षी साथीहरूका लागि आफू पछि भएरपनि सहमतिका लागि मार्गप्रशस्त गरेका बास्कोटालाई सहमतिकै प्रक्रियाबाट केन्द्रीय नेतृत्व निर्माण गर्ने कुरामा पनि उत्तिकै सहमत रहेका उनी बताउछन् ।

बहुदलीय राजनीतिको सिला बाट राजनीतिक जीवन आरम्भ गरेका बास्कोटा पार्टी कामको सन्दर्भमा देश–बिदेशको अनुभव आर्जन गरेका छन् । छलछामयुक्त, काइते र घुमाउरा कुरामा होइन, विषयगत कमाण्ड सहित सार्वजनिक जीवनमा समेत पेश हुने उहाँ २०५१ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका हुन् ।

अनेरास्ववियु एकताको पाँचौं, अभानेस्ववियु र प्रवासी नेपाली संघ भारतको नेतृत्व लिँदै पार्टी काममा होमिएका बास्कोटाले दिल्लीबाट स्नाकोत्तर तहसम्मको औपचारिक अध्ययन गरेका छन् । गणतन्त्र प्राप्तिका लागि एमालेको राजनीतिक–बैचारिक नेतृत्वमा सञ्चालित २०६२–०६३ को राजतन्त्रविरोधी जनआन्दोलनको क्रममा दिल्लीको जेलनेल समेत खेपेका उनलाई आन्दोलनबाहेक कुनै अर्को क्षेत्र रोजाइको विषय बनेन ।

बास्कोटाले लामो समयसम्म यसको नेताका रूपमा उभिएर नेतृत्व प्रदान गरेको संगठन– अभानेस्ववियुका निर्माणकालका अध्यक्ष शंकर पोखरेल यतिबेला पार्टीको महासचिवको उम्मेदवारको चर्चामा छाइरहेको बेला आफूलाई प्रतिनिधिले कसो नपत्याउलान् ? उनको तर्क छ ।

सक्रिय राजनीतिमा संलग्न अढाइँ दशकभन्दा लामो जीवनकालमा आजसम्म कुनै लाभको पदका नलिएका उनलाई अध्यक्ष ओली पक्षीय हार्डलाइनर नेताका रूपमा संकेत गर्दै बेलाबेलामा उछितो काड्ने र तोजोवध गर्ने ढंगले आफ्नैले गरेको प्रयत्नप्रति पीडाबोध होइन, साथीभाइको यो तौरतरिकाप्रति दुःख लागेर आउने बास्कोटा बताउछन् । यदाकदा हमला हुन्छ र भइरहन्छ, तथापि बास्कोटा भने आफ्नो अध्ययन र लेखनको तर्कपूर्ण क्षमतालाई अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बलियो ढंगले पेश गर्छन् ।

सभा, सम्मेलन र सार्वजनिक कार्यक्रमहरूमा राजनीतिक–बैचारिक विषयोपर आफ्ना कुरा निर्धक्क राख्न सक्ने पथरी शनिश्चरे नगरपालिका वडा नं. १० निवासी उहाँलाई मोरङबासीले आशलाग्दो नेताका रूपमा बुझ्ने गरेका छन् । दाजुभाइ, श्रीमती र सिंगो पारिवारिक परिवेशबाट आफूले पाएको स्नेहप्रति गर्वबोध गर्ने उहाँ सामान्य घरपरिवारका माइला उत्तराधिकारी हुन् ।

हुन् । अत्यन्तै सरल र सादगी स्वभावका बास्कोटा युवामाझ अत्यन्तै लोकप्रिय छन् । महाधिवेशन प्रतिनिधि छनौट भएलगत्तै उहाँलाई बधाईं दिने सामाजिक सञ्जालका साथीहरूले केन्द्रीय सदस्य भएर आउने सन्दर्भमा शुभेच्छा दिएसँगै उहाँप्रति आशा र अपेक्षा चुलिएको कुरा प्रस्टैसँग देख्न सकिन्छ ।

राजनीतिमा प्राप्त पद र ओहदालाई बजारको वस्तुसरह मोलतौलको विषय बनाउने, यसलाई भजाउने र कमाउने पात्रगत प्रवृत्तिबाट कोशौं टाढा उनलाई विद्यार्थी आन्दोलनबाट आरम्भ आफ्नो राजनीतिक जीवनकालमा रहँदै आएको अविचलित इमान, निष्ठा, सक्रियता र यो पृष्ठभूमिमा नेतृत्वले ममाथि गरेको विश्वासप्रति खुशी छ । यसलाई एक इञ्च पनि तल पर्न नदिने प्रतिबद्धता आफ्नो सञ्जालमा ल्याएका छन् ।

साक्षतकार सन्दर्भका लागी पुर्व प्रवासी एवम् उहाँको समकालीन प्रेम भट्टराई सुदुर पश्चिम प्रदेश

विज्ञापन