08/12/2021

मालिका समाचार

देशको ऐना

नेकपा एमाले कैलाली जिल्ला मातहतका नगर कमिटीहरुमा पदाअधिकारीको केन्द्रियता बाट टुङ्गो

१० औ महाधिवेशन सफल पार्न कुनै कसर बाकी नराख्न निर्देशन
विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

कैलाली ८ मंसिर
नेकपा एमाले कैलाली जिल्ला कमिटी मातहतका केहि नगर कमिटी हरुमा नगर अधिवेशन बाट सर्वसम्मत नभए पछि पार्टीले केन्द्रियता मार्फत टुंगो लगाएको छ।

कैलाली जिल्ला को टीकापुर नगरको नगर अधिवेशनमा सर्वसम्मत नहुने भएपछि पार्टी नेतृत्वले निर्णय गर्ने अधिकार सुनिश्चित गरि निर्णय सार्वजनिक गरेको छ।
टीकापुर नगरपालीका, जानकी घोडाघोडी नगरपालिका ,लम्की चुहा नगरपालिका ,महुन्याल गाउपालीका लगायतका पालीका हरुमा पार्टीले केन्द्रियता बाट लगभग १ मैना पछि निर्णय सार्वजनिक गरेको छ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

नगर अधिवेशन बाट सर्वसम्मतले टुंगो नलागे पछि नगरको विभिन्न पदमा उमेदवारी दाबी गरेका पार्टी सदस्य हरुलाइ अध्यक्ष मण्डल ,निर्वाचन अधिकृत तथा जिल्ला कमिटीका नेता हरुले माइटन गरि लोकतान्त्रिक बिधि अथवा जनवादी केन्द्रियता जुनसुकै निर्णयमा मान्न तयार रहेको प्रतिबद्धता सहितको हस्ताक्षर गरि जिल्ला पुर्याइएको थियो आज करिब १ महिना पछि निर्णय गरि पदाअधिकारीको टुङ्गो लागेको कुरा पार्टीका कैलाली जिल्ला कमिटी सचीव दानबहादुर बि क चित्रणले मालीका समाचार लाई जानकारी गराए।
नेकपा एमाले टीकापुर नगरकमिटीमा निम्न अनुसारका व्याक्तिहरु लाई निर्णय गरेर पठाएको छ
अध्यक्ष :ध्रुब राज खत्री
उपाध्यक्ष :कृष्णा चौधरी
सचिव : विजय सार्की
उपसचिव पुर्ण सापकोटा /पदम सापकोटा गरि पदाअधिकारीको सन्दर्भमा टुंगो लगाएको छ

बिस्तृत रिपोर्ट लिस्ट सहित

विज्ञापन