राजनीतिसहयोग तथा उदार

एमालेद्वारा नेता कर्तालाइ उद्दारमा जुट्न अपिल

बिज्ञापन

एमालेद्धारा पार्टी पंत्तिलाई उद्धार र राहतमा जुट्न अपिल टीकापुर, २४ अशोज नेकपा एमाले क्षेत्रिय समन्वय कमिटी क्षेत्र नं.१ कैलालीले बाढी पिपडितको उद्धार राहतमा खट्न आफ्ना सबै कार्यकर्ताहलाई निर्देशन दिएको छ । पार्टीका क्षेत्र नं.१ कैलालीका संयोजक श्याम खत्रीद्धारा आज जारी विज्ञप्तीमा सो निर्देश दिएका हो ।

बिज्ञापन

विज्ञप्तीमा भनिएको छ ‘विगत ५ दिन देखि परेको अबिरल वर्षाका कारण कर्णाली लगायत अन्य नदीमा बढेका पानीको सतह र त्यसबाट यस क्षेत्रमा भएको डुबान र क्षती प्रति नेकपा एमाले क्षेत्रिय समन्वय कमिटी क्षेत्र नं. १ कैलालीेकोे गम्भीर ध्यानाकर्षण भएको छ ।’ कर्णाली नदीमा बढिरहेको पानीको सतह र वर्षा नरोकिएको अबस्थाले थप क्षेती समेत निम्त्याउन सक्ने सम्भावना देखिएको विज्ञप्ती उल्लेख छ ।

एमालेले ‘सम्भावित क्षतिलाई रोक्न र न्युनिकरण गर्न तिनै तहका सरकार र सबै क्षेत्रलाई सहकार्यका लागि आग्रह समेत गरेको छ । विज्ञप्तीमा भनिएको छ ‘यस बिपतको घडीमा नेकपा एमाले क्षेत्र नं. १ कैलालीका पार्टी कमिटी, नेता कार्यकर्ताहरु उद्धारमा सकृयताका साथ लाग्न हुन पार्टी निर्देशन गर्दछ ।

एमालेद्धारा प्रकाशित विज्ञप्तीमा बाढीबाट डुबानमा परेको जन समुदायलाई उद्धार र राहतमा सहयोग गर्न हुन स्थानिय सरकारसँग जोडदार माग गर्दै स्थानिय स्तरमा कृयासिल दातृ निकाय र संस्थालाई यथासिघ्र आफ्ना उद्धार र राहतका कार्यक्रम ल्याउन पनि अनुरोध गरिएको छ ।

बिज्ञापन