27/01/2022

मालिका समाचार

देशको ऐना

कालीमाटीमा एकैदिन ७४ जनाले गरे एमाले प्रवेश

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

टीकापुर २६ मंसिर
कैलाली जिल्लाको टीकापुर नगरपालिका ८ कालीमाटीमा सनिश्चवार एकै गाउँका ७४ जनाले एमाले प्रवेश गरेकाछ्न।

टीकापुर नगरपालिका वडा नम्बर ८ वडा कमिटीको आयोजनामा सम्पन्न भएको प्रवेश कार्यक्रममा कालीमाटी गाउँका ७४ जनाले एमाले प्रवेश गरेका हुन।

विज्ञापन
आफूले उपभोग गरेको खानेपानीको महशुल समयमै बुझाऔ, बिलम्ब शुल्क तिर्नबाट बचौं,——— पानीका पाईप तथा संरचनाहरूको सुरक्षा हामी सबैको दायित्व हो !———खानेपानीले प्रवाह गर्ने सेवा सुबिधा सम्बन्धि कुनै जिज्ञासा, सुझाव तथा गुनासो भए कार्यालयको टेलिफोन नम्बर ०९१-५६१४४९ मा सम्पर्क गरौ !!

प्रवेश कार्यक्रम पुर्ब पार्टीका युवा हरुले स्वस्फूर्त मोटरसाइकल र्याली गरेका थिए शो कार्यक्रममा प्रमुख अतिथि एमाले कैलालीको जिल्लाकमिटी अध्यक्ष रतन थापा तथा बिशिस्ट अतिथि जिल्ला सचीव दान बहादुर विक को उपस्तिथि रहेको थियो । नवप्रवेशी हरुलाइ उहाँ हरुले टीकालगायत स्वागत गर्नु भएको थियो ।

प्रवेशी हरुको लिस्ट १

अतिथि हरुमा पार्टी प्रदेशकमिटी सदस्य मीन बहादुर कडायत,राम कृष्ण चौधरी , रेवन्त साउद ,जिल्ला कमिटी सदस्य प्रेम साउद ,ध्रुब परियार ,टीकापुर नगर अध्यक्ष धुर्ब राज खत्री ,उपाध्यक्ष कृष्णा चौधरी ,नगर सुकुम्बासीका अध्यक्ष लोकेन्द्र बहादुर खड्का , राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य तथा वडा कमिटी १ का अध्यक्ष भुपेन्द्र साउद लगायत नेता कार्यकर्ता हरुको बाक्लो उपस्थित रहेको थियो कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि रतन थापाले बाढीले क्षेती पुर्याएका किसान हरुलाइ समयमा क्षेती पुर्ती नमिल्नु सरकारको कमजोरी रहेको बताउनु भयो ,त्यसै गरि बिशिस्ट अतिथि दानबहादुर बिकले अब नेकपा एमालेको लहरलाई कसैले चुनौती दिन नसक्ने यसरी देश भरी प्रवेशको लहर चलिरहेने निर्वाचनमा परिणाम देखिने गरि एमाले अधि बढेको बताउनु भयो।

प्रवेशी हरुको लिस्ट २

टीकापुर नगरपालिका वडानम्बर ८का नेकपा एमाले वडाकमिटी अध्यक्ष हिरा सिह टमट्टाको अध्यक्षतामा भएको प्रवेश कार्यक्रमलाई संचालन बिरबहादुर साउदले गरेका थिए ।

हालै चितवनमा सम्पन्न नेकपा एमालेको दशौ महाअधिवेशन पछि आफुहरु पार्टी प्रति आकर्षण भएर पार्टी प्रवेश गर्ने निर्णय गरेको नव प्रवेसी हरुले बताए ।

पार्टी प्रवेशी हरुको लिस्ट
विज्ञापन