राजनीति

नेपाल कम्युनिस्ट पार्टी नेकपा को कार्य दलले प्रतिबेदन बुझायो ।

बिज्ञापन

भदौ ६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी भित्रको आपसी विवाद समाधानका लागि गठन भएको नेकपा कार्यदलले आज बालुवाटारमा प्रतिवेदन बुझाएको छ ।

शनिबार साँझ कार्यदलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पी शर्मा ओली र पुस्पकमल दाहाल प्रचण्ड लाई प्रतिवेदन बुझाइएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

गत साउन ३० गते गठित कार्यदलको लगभग ८ घण्टा लामो समय बसेको बैठकपछि तयार पारेको प्रतिवेदन सर्वसम्मतिले तयार पारेर अध्यक्षद्वयलाई बुझाएको हो । नेकपा विवाद समाधानका लागि प्रस्ताव तयार पार्न साता पहिले कार्यदल गठन भएको थियो ।

कार्यदलमा संयाेजक विष्णुप्रसाद पाैडेल र सदस्यहरू शंकर पाेखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी ६ जनालाई जिम्मेवारी ताेकिएकाे थियाे । कार्यदलमा रहेका पौडेल र पोखरेल प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलि निकट, शर्मा र भुसाल दाहाल निकट तथा पाण्डे र रावल नेपाल निकट मानिन्छन् ।

बिज्ञापन

कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा नगराउने गरी सहमतिको प्रस्ताव तयार गरिएको बुझिएको छ ।

प्रतिवेदनमा गरिएको कार्य विभाजन अनुसार केपी ओली नेतृत्वको बर्तमान सरकार पुरै ५ वर्ष सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन ग गर्ने उल्लेख छ ।

यस्तै कार्यदलको प्रतिवेदनमा दुवै अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद सदस्यहरुको हेरफेर, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत विषयमा पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको स्रोतको दावी छ ।

साथै प्रतिवेदमा एकता महाधिवेशन आगामी चैत महिनामै गर्नु उपयुक्त हुने सुझाव समेटिएको बुझिएको छ । कार्यदलले बुझाएको प्रतिवेदन सचिवालयमा छलफल गरेर स्थायी कमिटीले अनुमोदन गर्दै कार्यनयनमा लैजाने नेकपाका नेताहरुको तयारी रहेको छ ।

प्रधानमन्त्रीको राजीनामाको माग अब नउठाउने सैद्धान्तिक तथा अन्य विवादलाई महाधिवेशनले टुंगो लगाउने लगायत सुझाव रहेको छ । कार्यदलले शनिबार आफ्नो काम सम्पन्न गर्दै रिपोर्ट तयार पारेको हो ।

कार्यदलले तयार पारेका सुझावहरु निम्नअनुसार छन

१. प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने ।

२. सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने ।

३. आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने ।

४. सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने ।

५. सरकारको उपस्थिति र भुमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने ।

६. कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समिततिको बैठक बोलाउने ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply