राजनीति

नेकपा एमाले एकता नजिक अघि बढ्यो सम्बाद

बिज्ञापन

बैशाख २५ काठमाडौ ;नेकपा एमाले एकता नजिक पुग्ने लक्षण देखिएको छ।
सरकार पक्ष संग असन्तुष्टि राख्दै आएको वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुको पछिल्लो मनसाय अनुसार तत्काल राजीनामा नदिने भएका छन् ।

बिज्ञापन

नेता नेपालले आफूनिकट सांसदहरु र केही अग्रस्थानका नेताहरुसँगको बार बार गरेको लामो छलफलपछि यस्तो निश्कर्ष निकालेको उनीनिकट स्रोतको दाबी रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख २७ गते संसदमा विश्वासको मत लिने भएका छन् ।

पार्टीभित्रको आन्तरिक किचलोका कारण नेता नेपाल पक्षधर सांसदहरुले त्यो भन्दा अघि नै सामूहिक राजनीनामा दिने कुराको हल्ला चलिरहेको बेला यस्तो कुरा बाहिर आएको हो ।
तत्काल राजीनामा दिए सांसद पद जाने र आगामी दुई वर्षसम्म सांसदविहीन हुनुपर्ने अवस्था आउने भएकोले नेपाल पक्षले राजीनामा नदिने मनसाय बनाएको छ ।

पछिल्लो समय ओलीसँग भएका केहि बिशेष सम्वादले नेपाल समूहलाई विश्वासको मत दिने वातावरणसमेत बनाउँदै लगेको छ ।
पार्टीका केहि सांसद हरुको सामूहिक राजीनामाले पार्टी नै फुट्ने र फ्लोर क्रस गर्दा पनि त्यति राम्रो सन्देश नजाने भएकाले अहिले केही नगर्ने बरु पार्टीभित्रै बसेर संघर्ष गर्ने
निष्कर्षमा नेपाल समूह पुगेको छ ।

एमाले नेता महेश बस्नेतले विश्वासको मत अगावै माधव नेपालसँग सहमति हुन लागेको बताए । उनले वार्ता सम्वाद मिलन विन्दुमा पुग्न लागिसकेको दाबी पनि गरेका छन् ।

बिज्ञापन

Leave a Reply