राजनीति

कैलाली क्षेत्र नम्बर १ मा एमालेले तोक्यो चुनावी कमाण्डर विजयको यात्रामा अगाडी बढ्न प्रदेश सचिवको निर्देशन

बिज्ञापन

टीकापुर, २८ अशोज
नेकपा एमालेले कैलाली क्षेत्र नं.१मा चुनाव परिचालनका लागि जिम्मेवारी तोकेको छ ।

नेकपा एमाले क्षेत्रिय समन्वय कमिटी कैलालीको आयोजनामा आज टीकापुरमा भएको भेलाले आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनका लागि निर्वाचन क्षेत्र नं १ का लागिर दुबै तर्फका प्रदेशका लागि मूल परिचालन समिति कमिटी बनाएको हो । भेलामा कैलाली १ मा एमालेसँग तालमेल गरेको जनता समाजवादीका नेताहरुको समेत सहभगिता रहेको थियो ।

भेलाले १ हजार १५ सदस्यीय क्षेत्र नं.१ निर्वाचन परिचालन मूल समितिको संयोजकमा प्रेमबहादुर साँउद, उप संयोजक डिल्ली जोशी र सचिवमा मातृका तिमिल्सैनालाई जिम्मेवारी तोकको हो । निर्वाचन मूल परिचालन समितिको संयोजक, उप संयोजक र सचिवको जिम्मेवारी पाएका तिनै जना एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्यहरु हुनुहुन्छ ।

भेलाले प्रदेश कमिटी सदस्यहरुलाई मूल परिचालन समितिको सचिवालय सदस्यको जिम्मेवारी दिएको छ ।
यस्तै प्रदेश नं.१ तर्फको मूल परिचालन समितिको संयोजकमा प्रेम चौधरी, उप संयोजकमा गणेश पाठक र सचिवमा राजु बम रहनुभएको छ । चौधरी एमाले प्रदेश कमिटी सदस्य हुनुहुन्छ भने पाठक कैलाली जिल्ला कमिटी सदस्य हुनुहुन्छ । यस्तै बम जनता समाजवादी पार्टीको प्रदेश सचिव हुनुहुन्छ ।
प्रदेश ख मा भने मूल परिचालन समितिको संयोजक श्याम खत्री, उप संयोजकमा खडक साउद र सचिवमा रामकृष्ण चौधरी रहनु भएको छ ।

बिज्ञापन

खत्री जिल्ला सचिवालय सदस्य हुनुहुन्छ भने साउद र चौधरी जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।
भेलामा निर्देशन दिदै नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले देशको स्वाभिमान र विकासका लागि मालेको जित अनिवार्य रहेकोले जनताको घर आगनमा गएर विजय अभियान शुरु गर्न आग्रह गर्नु भयो ।

पाठकले एमालेले विगतमा गरेको जनपक्षिय कामहरुलाई लिएर जनताका बिचमा जानु पर्ने बताउदै एमालेको सरकार नभएर देश विकास हुन नसक्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै कैलाली क्षेत्र नं.१ मा प्रतिनिधि सभा सदस्यका उम्मेद्धार तपेन्द्र रावलले आफुलाई जनताले मत दिएर जिताएमा इमान्दार पुर्वक जनता र देशको सेवा गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रदेश २ का एमाले उम्मेद्धार द्धारिका न्यौपानेले टीकापुरको विकासका लागि दिर्घकालिन योजना हुनुपर्ने र त्यसको कार्यान्वयन गर्न इमान्दार नेतृत्व आवश्यक रहेको बताउनु भयो । उहाँले आफु निर्वाचित भएमा टीकापुरको मुहार बदल्न लाग्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जनता समाजवादी नेपालका उम्मेद्धार भगतराम चौधरीले एमाले र जनता समाजवादी बिचको सहकार्यले टीकापुरको विकासमा योगदान पुग्ने भएकाले या तालमेल अनुसार मत खसाउन अनुरोध गर्नु भयो ।

बिज्ञापन
बिज्ञापन