विज्ञापन

दाङ । एक जना महिलाको चार लाखभन्दा बढी रकम लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बिहीबार बाटोमा हिँड्दै गरेकी महिलाको हातेपर्स खोसेर चार लाखभन्दा बढी रकम लुटेको आरोपमा दाङको घोराही उपमहानगरपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।
विज्ञापन

पक्राउ पर्नेमा घोराही–१३ की ४८ वर्षीया झुका रोकाको चार लाख ६७ हजार ७ सय २० रुपैयाँ बोकेको हातेपर्स खोसेर भागेका घोराही–९ का अन्दाजी २४ वर्षीय गणेशकुमार डाँगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई घोराही–१३ बाट तत्काल पक्राउ गरिएको दाङका प्रहरी पवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए।
अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ