राजनीति

भ्रष्टाचार देश विकासको मुख्य बाधक: लिङ्देन

बिज्ञापन

ललितपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देले भ्रष्टाचार देश विकासको मुख्य बाधकको रुपमा रहेको बताएका छन् । लिङ्देनले केन्द्रमा जस्तै स्थानीय तहमा पनि भ्रष्टाचार बढिरहेको र राप्रपाले आसन्न स्थानीय निर्वाचनमा स्थानीय तहको भ्रष्टाचारलाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।

बिज्ञापन

ललितपुरको चापागाउँमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार देश विकासको मुख्य बाधकको रुपमा रहेको र यो महारोगको रुपमा देखिएको बताए ।

काँग्रेस, एमाले, माओवादी दलीय रुपमा मात्रै अलग रहेको र ठूला ठूला भ्रष्टाचारका काण्डमा तीन दलको मिलेमतोका साथै संरक्षण रहेको दावी गर्दै लिङ्देनले केन्द्रमा रहेको भ्रष्टाचारको महारोग स्थानीय तहमा पनि व्याप्त रहेकोमा चिन्ता व्यक्त गरे ।

लिङ्देनले देशको विद्यमान समस्याको समाधान सामान्य टालटुल गरेर नहुने भन्दै प्रणालीमा आमुल सुधार गर्नुपर्नेमा जोड दिए ।

आमसभालाई प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्यहरु आनन्द अधिकारी, मीना शाही, ललितपुर जिल्ला अध्यक्ष अष्ट महर्जन लगायतले सम्बोधन गरेका थिए ।

बिज्ञापन