अनौठो

विश्वकै सबैभन्दा ठुलो साइकल

बिज्ञापन

एजेन्सी । विश्वका विभिन्न देशमा विज्ञान प्रविधिको विकास भइरहेको छ । यस्तो विकाशले अनौठा तथ्यहरु पत्ता लाग्नुका साथै अनेक यन्त्र तथा उपकरण पनि बनिरहेका छन् । हामिले गाउँघरमा सामान्य साइकल चलाइरहेका छन् ।

साइकल चलाउन सजिलो पनि हुन्छ । एक ठाउँबाट अर्को ठाउँमा पुग्न साइकल सजिलो र सुरक्षित साधन मानिन्छ । साइकलमा हिड्न ठुलो बाटो पनि चाहिदैन ।

बाटोमा हुने कुनै अवरोधबाट पनि साइकल रोकिदैन । तर विश्वमा यस्तो साइकल पनि छ, जुन चलाउन मुस्किल पनि पर्छ । मुस्कील भन्नाले चलाउन नसकिने होइन, यो साइकलको पाङग्रा निकै ठुलो छ ।

सबैभन्दा ठूलो साइकलको तौल ९६० किलो रहेको छ । जर्मनीका फ्रेंक डोस नामका व्यक्तिले बनाएको यो साइकल चाडो पनि हिड्छ । साइकलको लागत मात्रै ३५ सय पाउन्ड खर्च भएको डोस बताउँछन् । । यो साइकलको निर्माण स्क्रैप मैटलमा भएको हो । फ्रेंक डोसले आफुले बनाएको ठुलो साइकल प्रदर्शन गर्दै आइरहेका छन् ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन