Uncategorized

ग्लोबल ओरियन्सको टीकापुरस्थित कार्यालयमा प्रहरीद्वारा छापा

बिज्ञापन

टीकापुर। एक हजार जति युवालाई प्रलोभनमा पारी करोडौं रुपिया असूली गरेको ग्लोबल ओरियन्सको टीकापुरस्थित कार्यालयमा विहीबार प्रहरीले छापा मारेको छ । ग्लोबल ओरियन्सले ठगेको भन्दैपीडितहरुले उजुरी दिएपछि प्रहरी आठ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।
मुद्दा चलिरहेको अवस्थामा थप प्रमाण खोज्न प्रहरी ग्लोबलको कार्यालय पुगेको हो । ग्लोबलको कार्यालय भने आइतबारदेखि नै बन्द छ । प्रहरीले ताला खोलेर हेर्दा एउटा ल्यापटप, एउटा कम्प्यूटर, विभिन्न तह अनुसारको पैसा तिरेको प्रमाणसहितका फर्महरु फेला परेको प्रहरी निरीक्षक सुरज खडकाले जानकारी दिनु भएको छ ।
जागिरको प्रलोभन देखाएर पहिलो श्रेणीका लागि १५ हजार , दोस्रो श्रेणीका लागि ४० हजार र तेस्रो श्रेणीका लागि एक लाख २० हजार असुलेको ग्लोबलले कति जनालाई ठगेको छ भन्ने यकिन भएको छैन तर यसका टीकापुर प्रमुख साजन चौधरीका अनुसार आठ सयदेखि एक हजार जति युवा यसमा पैसा तिरेर सामेल भएका छन् । प्रहरीले पीडितहरुलाई आफूसंग भएका प्रमाणहरु ल्याएर अनुसन्धानमा सहयोग गर्न पीडितहरुलाई सहयोग मागेको छ ।
प्रहरी निरीक्षक खडकाले ग्लोबलले अन्य ठाउँमा भएका अफिसबाट यस्तै भैरहेको भए सचेत रहन आग्रह गर्नुभएको छ ।
पीडितहरुले ग्लोबल अहिलेको लागि मात्रै नभई तीन पुस्तासम्मका लागि हो भन्दै लोभ्याउने र बेरोजगारलाई रोजगार बनाउने भएकाले हरेकले दुई जनालाई फसाएर सिस्टम चलाउ भन्दै रातदिन होस्टेलमा दवाव दिने गरेको बताएका छन् ।

बिज्ञापन
बिज्ञापन