टीकापुर

प्लास्टिकजन्य फुल तथा मालामा प्रतिबन्ध हुँदापनि टीकापुरमा त्यसको सिधा उल्लंघन

बिज्ञापन

टीकापुर, ५ कार्तिक । प्लास्टिकजन्य फूल तथा मालामा प्रतिबन्ध हुँदापनि टीकापुर बजारमा त्यसैको सिधै उल्लंघन भएको पाईएको छ ।

बिज्ञापन

टीकापुर नगरपालिकाको मताहतमा तिहारलाई लक्षित गरेर टीकापुरको भानुचौकमा अस्थायी बजारको व्यवस्थापनगरि तिहारमा चाहिने सामग्रीहरु उपलब्ध रहेका छन् जसमा भर्खरै केन्द्र सरकारले तिहार र छठ पर्वमा प्लास्टिकजन्य फूल तथा माला वितरण गरेको पाईएमा कारबाही हुनेभनि वातावरण विभागले साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरेर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयत, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो । यदि कसैले उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजारसम्म तथा विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुने उल्लेख गरिएको छ ।

तर टीकापुर क्षेत्रमा विभिन्न पसल तथा विशेष गरेर भानुभौकमा अस्थाई रुपमा संचालनमा रहेको बजारमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामाग्री खुल्ला रुपमा बिक्री भइरहेको छ । यसतिर स्थानीय सरकारले प्रतिबन्ध लगाउनु पर्ने ठाउँमा उल्टै उनीहरुलाई प्रत्सोहन दिएर बिक्री–बितरण गर्नुमा सहयोग गरेको टीकापुर बासीहरुको गुनासो रहेको छ ।

बिज्ञापन