विज्ञापन

तनहुँ- दमौलीमा भीषण आगलागी भएको छ । तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा लागेको आगो निभाउन स्थानिय दमकलले नसकेपछि अहिले हेलिकप्टर प्रयोग गरिएको छ । आगलागी सुरु भएको दुई घण्टा पुगिसक्दा पनि निभाउन नसकिएपछि काठमाडौंबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल ल्याइएको छ ।
आइतबार बिहान करिब १० बजे लागेको आगो निभाउन व्यासको दमकल, निजी पानी ट्यांकर प्रयोग गरिएको छ । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी र सेना खटाइएको छ । आगो निभाउन स्थानीयले पनि साथ दिइरहेका छन् ।
विज्ञापन

अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
कोरियाको पहिलो रोजाइमा नेपाली श्रमिक
गृहमन्त्री लामिछानेको नागरिकता विवाद मुद्दामा आजबाट सुनुवाइ