घटना समाचार

छ जिल्लामा छ जना मृत फेला

बिज्ञापन

काठमाडौं : देशका विभिन्न छ जिल्लामा छ जना मृत फेला परेका छन्।

काठमाडौं महानगरपालिका-२९ अनामनगर भाटभटेनीस्थित लिब्रेटी कलेजको भवनभित्र रहेको इनारमा उक्त कलेजमा काम गर्ने भक्तपुर, भक्तपुर नगरपालिका-५ भेलुखेत घर भई हाल काठमाडौं टेकु बस्ने ४० वर्षीय राम देउला मंगलबार मृत अवस्थामा फेला परेका छन्।

झापा, दमक नगरपालिका-१ बरगाछी टोल बस्ने ६४ वर्षीय भिम बहादुर एक्तेन सोही ठाउँस्थित आँखा शिविर अस्पताल अगाडि मंगलबार मृत अवस्थामा फेला परेका छन्।

चितवन, भरतपुर महानगरपालिका-१८ डाँडागाउँ भन्ने स्थानमा रहेको पुल मुनी सोही ठाउँ बस्ने ४५ वर्षीय बिक्रम गुरुङ बुधबार मृत अवस्थामा फेला परेका छन्।

बिज्ञापन

रूपन्देही, बुटवल उपमहानगरपालिका-५ तिनाउ पुलस्थित खोलामा सोही उपमहानगरपालिका-१२ पार्वती नगर बस्ने बिष्णु दमाईकी छोरी ५ वर्षीया रिदिमा परियार मंगलबार मृत अवस्थामा फेला परेकी छिन्।

मोरङ, बुढिगंगा गाउँपालिका-५ डिप्पु टोलस्थित बुढी खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

कैलाली, धनगढी उपमहानगरपालिका-१७ पथरीस्थित शिवगंगा नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।  घटनाका बारेमा अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन