आस्था /आध्यात्म

टीकापुरको अस्नेहरीमा चैत्र ९ गतेदेखि महायज्ञ हुदै

बिज्ञापन

अस्नेहरी, ६ चैत्र । सीताराम परिवारको मूर्ति स्थापना र राम जानकी मन्दिरको सर्वागिण विकासका लागि टीकापुर नगरपालिका वडा नम्बर ४ अस्नेहरमिा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ महोत्सव हुने भएको छ । रामजानकी मन्दिर दिगम्बर अखाडाको आयोजनामा महायज्ञ हुन लागेको हो । 
चैत ९ गतेदेखि १६ गतेसम्म हुने महायज्ञमा अन्तरािष्ट्रय भागवत वाचक इश्वरभक्ति आश्रम बृन्दावन, इश्वरपे्रमी आश्रम टीकापुरका पिठाधिस श्री एक हजार आठ महामण्डलेश्वर स्वामी श्री इश्वर चैतन्यजी महाराजले भागवत वाचन गर्नुहुने कार्यक्रम छ ।
शनिबार पत्रकार सममेलन गर्दै रामजानकी मन्दिरका अध्यक्ष रामबली चौधरीले मन्दिरमा हाल रहेको रामजानकी मूर्ति खण्डित भएकाले सीताराम परिवारको मूर्ति स्थापना गरिने र पश्चिम नेपालकै जनकपुरधामको रुपमा रामजानकी मन्दिरलाई विकास गरिने बताउनु भयो ।
स्वामी चैतन्य जी महाराजले समाज पारिवारिक, जातीय लगायतका हिंसाहरुमा डुबेको समाजलाई जगाउन र मानिसका दहिक, दैविक र भौतिक तापहरु र विकारहरु नष्ट गर्ने उद्देश्यले नवरात्रको अवसर पारी महायज्ञको आयोजना भएकाले सबै क्षेत्रको सहयोगका लागि आह्वान गर्नुभएको छ ।

बिज्ञापन
बिज्ञापन