विज्ञापन

अछाम । जिल्लामा हिँड्दा हिँड्दै एक्कासी लड्दा घाईते भएका एक जना युवको मृत्यु भएको छ ।
जिल्लाको रामारोशन गाउँपालिका ५ नेटाकोटका ३३ वर्षीया नरेन्द्र साउँद घरबाट बजार जाने क्रममा बुधबार दिउँसो रामारोशनको बल्ले खोला नजिक हिँड्दै गर्दा एक्कासी लड्दा बेहोस भएका थिए ।
विज्ञापन

बेहोस भएका उनको बयलपाटा अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मृतक साउँद हेपटाईटिस बि, छारे रोगको बिरामी रहेको बुझिएको अस्पतालले जनाएको छ ।
अन्य समाचारहरु
घरमा १० लाखको ढोका राख्ने डिएसपी अख्तियारको फन्दामा
भाइको निधनले मर्माहत करिश्मा
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते