विज्ञापन

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ बर्मजियामा एक महिलाको हत्या भएको छ । सोमबार बिहान शौचालय बसिरहेकी ३७ वर्षीया नानु खनालको उनकै श्रीमानले हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
घरायसी विवादका कारण पोष्टराज दाहालले शौचालय बसिरहेकै स्थानमा दाउराले हिर्काएर हत्या गरेको प्रहरीको भनाइ छ ।
विज्ञापन

बिहान करिब साढे ४ बजेतिर शौचालय गएकी खनालको घरको आँगनमा रहेको दाउराले हिर्काउँदा उनको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । प्रहरीले घटनास्थल प्रकृति मुचुल्का गरी शवलाई कटारी अस्पतालमा पोष्टमार्टमका लागि लगेको छ ।
पोष्टराज दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
अन्य समाचारहरु
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते
बर्दियामा बाघको आक्रमणबाट दुईजना महिलाको मृत्यु
ग्लोबल ओरियन्स नेपाल प्रा.लि. को नामबाट ठगी गर्ने ८ जना पक्राउ